himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

थाहाकी पत्रकार रोजिता अधिकारीको ड्रकुमेन्टीले जित्यो न्युयोर्क फिल्म फेस्टिवल अवार्ड ।

1651307670622-1651307921.jpg

पत्रकार रोजिता अधिकारीलगायतको टिमले तयार पारेको डकुमेन्ट्रीले न्युयोर्क फिल्म फेस्टिबल अवार्ड जितेको छ । ‘द विडोज अफ एभेरष्ट’ नाम दिइएको उक्त डकुमेन्ट्रीले सामाजिक प्रोट्रेट विधाअन्तर्गत कास्य पदक जित्न सफल भएको हो ।
डकुमेन्ट्री ‘ह्युमान कन्सर्न’ विधाको पनि अन्तिम मनोनयमा पर्न सफल भएको थियो । हिमाल आरोहीहरूलाई गाइड गरेरै जीविकोपार्जन गर्ने शेर्पाहरू यात्राकै क्रममा मृत्युवरण गरेपछि घरव्यवहारको बोझ बोक्न बाध्य महिलाहरू शेर्पा गाइडको नै काम गर्दै कसरी सामाजिक विभेद तोडिरहेका छन् भन्ने कुरा डकुमेन्ट्रीमा देखाइएको रोजिता अधिकारी बताउँछिन्
अधिकारी भन्छिन्, ‘हिमाली समुदाय अझै पनि पितृसत्तात्मक नै छ । महिलाहरू अझै पनि अगाडि आएका छैनन् । एक-दुई जना महिलाहरूले श्रीमानको मृत्यु भइसकेपछि भने श्रीमानको बाटो पछ्याउँछु भनेर हिमाल चढेका छन् । टुर गाइडको पनि काम गरिरहेका छन् । त्यसैले हामीले महिला सशक्तिकरणका लागि यो डकुमेन्ट्री बनाएका हौँ ।’
२५ मिनेट लामो उक्त डकुमेन्ट्रीले हिमाल चढ्ने क्रममा शेर्पाहरूको मृत्यु भएपछि विधवा श्रीमतीहरूले कस्तो अवस्था भोगिरहेका छन् र कसरी सामाजिक विभेदलाई तोडेर हिमाल चढिरहेका छन् भन्ने कुरा देखाएको छ । 

डकुमेन्ट्री भारतीय पत्रकार श्रीया बेनर्जी र नेपाली पत्रकार रोजिता अधिकारीले निर्देशन गरेका हुन् । अल जाजिरा १०१ इस्टका लागि पत्रकारद्वययले डकुमेन्ट्री तयार पारेका थिए । टेलिभिजन र चलचित्र उद्योगका समाचार, रिपोर्ट, वृत्तचित्रलगायतका दृश्य सामग्रीलाई न्युयोर्क फेस्टिबलले प्रत्येक वर्ष अवार्ड दिँदै आएको छ।पत्रकार अधिकारी थाहा नगर स्थायी बासिन्दा हुन,उनी बिगत लामो समयदेखि राजधानीमा रहेर अन्तर्राष्ट्रिय पत्रकारिता गरिरहेकी छन।                                                        शिलापत्र बाट,

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg