pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहाका सहकारी संस्थाका पदाधिकारीहरुका लागि वित्तीय साक्षरता तालिम सम्पन्न

thaha1-1674750648.jpg

नेपाल सरकार र स्वीस सरकार विकास सहयोग एसडीसीको साझेदारीमा सुरक्षित आप्रवाशन९सामी० कार्यक्रमश्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानिय सरकारको नेतृत्वमा एसडीसीका तर्फबाट हेल्भेटास नेपालको प्राविधिक सहयोगमा संचालित कार्यक्रम हो । यस कार्यक्रमको वित्तीय साक्षरता संभागमा  डिप्रोक्स नेपालको साझेदारी रहेको छ । 

वित्तीय साक्षरत कार्यकमको विस्तार एवम दिगोरुपमा संचालन गर्ने तथा वित्तीय पहुँच भन्दा वाहिर रहेका जनसमुदायहरुको वित्तीय पहुँचसृजना गर्न साथ्ौ स्थानीय स्तरमा रहेका विभिन्न प्रकारका सहकारीहरुसँग आवद्ध सहकारीकर्मीहरु लगायत शेयर सदस्यहरुमा वित्तीय साक्षरताको ज्ञान सिप प्रदान गरी आर्थिक उन्नती गर्दै वित्तीय स्वतन्त्रता तर्फ शेयर सदस्यहरुलाई अग्रसर गराउने हेतुले  थाह नगरपालिकाको संयोजन तथा डिप्रोक्स नेपालको आयोजनामा सहकारी संस्थाका पदाधिकारीहरुका लागि वित्तीय साक्षरता सम्बन्धी ३ दिने आधारभुत तालिम थाहा नगरको सभाहलमा सम्पन्न भएको छ।
वित्तीय साक्षरता तालिममा वित्तीय साक्षरताको परिचय, महत्व र आवश्यकता, वित्तीय योजना, आवश्यकता र चाहना, खर्चको वर्गीकरण  तथा अभिलेकिरण एवम विश्लेषण, पारिवारिक वजेट, बचत, ऋण तथा,बचत योजना, वित्तीय संस्थाको चिनारी एवम छनौट , उद्यमशिलता विकास र जोखिम तथा जोखिम न्यूनीकरणकाउपायहरु जस्ता विषयमा गहन छलफलका साथै प्रयोगात्मक अभ्यास सहित सहजीकरण गरियो । यस तालिममा ९ वटा सहकारी संस्थाका कार्यसमितिका सदस्यहरु एवम व्यवस्थापकहरुबाट २० जना महिला तथा पुरुष सदस्यहरुको उपस्थिती रहेको थियो ।

तालिमको उदघाटन सत्र डिपोक्स नेपालका निर्देशक श्री कैलाश रिजालको अध्यक्षता तथा थाहानगरपालिकाका नगर प्रमुखको प्रमुख आतित्थ्यमा सम्पन्न भएको थियो । उदघाटन सत्रमा डिप्रोक्स नेपालका तालिम तथा मिल मेनेजर श्री पूर्ण प्रसाद पौडेलले तालिमाको उद्धेश्य माथि प्रकाश पार्दै स्वगत मन्तव्य प्रदान गर्नु भएको थियो । यसै सत्रमा नगर प्रमुख बिष्णु बहादुर विष्टले शुभकामना मन्तव्य प्रदान गर्दै सहकारीहरुले वित्तीय साक्षरताका विषयलाई गम्भिरता पूर्वक सिकी आफ्ना सदस्यमाँझ लैजानका लागि अनुरोध गनु भयो  साथै सत्रका अध्यक्ष एवम डिपोक्स नेपालका निर्देशक श्री कैलाश रिजालले तिन खम्वे अर्थनीति अन्तरगत  सहकारी क्षेत्र पनि एक भएको र ग्रामिण क्षेत्रमा सवै प्रकारका समुदायहरुको पहुँच सहकारीमा रहने हुनाले अर्थतन्त्रको विकास एवम विस्तार र सदस्यको आर्थिक सम्बृद्धिमा सहकारीको अहम भूमिका रहने विचार व्यक्त गर्नु भयो । 


यसै गरी ३ दिने तालिमको अीन्तम दिन सहकारी संस्थाहरुले वित्तीय साक्षरतालाई सदस्यहरु तथा जनसमुदायमा पर्याउनका लागि कार्ययोजना प्रस्तुत गर्दै आफनो स्रोतबाट गर्न सकिने कृयाकलापहरु तथा स्थानीय सरकारका विभिन्न विषयगत शाखा एवम सामी कार्यकम्रका सरोकारवाल निकायहरुसँगको सहकार्य तथा समन्वयमा गर्न सक्ने कृयाकलापहरु निर्माण गरी कार्यक्रमको समापन सत्रमा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, सहकारी शाखाका प्रमुख उमेश श्रेष्ट, सामी फोकल पर्सन कुमार नेघी, लगायत अन्य विषयगत शाखाका प्रमुखहरुको उपस्थितीमा प्रस्तुत भएका थियो। प्रस्तुत कृयाकलापहरुमा स्थानिय सरकारका तर्फबाट तत्कालै गर्न सक्ने र आगामी वजेट तथा कार्यक्रमा समावेश गरी गर्न सकिने कार्यक्रमहरु छुट्याई नगरपालिकाले सहयोग गर्ने उपस्थित महानुभावहरुले प्रतिबद्धता व्यक्त गर्नु भयो । सहभागीहरुले अन्तयमा अभिव्यक्ती दिने क्रममा वित्तीय साक्षरता जीवनको उपयोगी शिक्षा रहेको र आर्थिक सम्बृद्धि हाशिलका लागि अपरिहार्य देखेको विचार व्यक्त गर्नु भयो ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...