Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहाका सबै वडामा उपभोक्ता समितिलाई अनुशिक्षण दिइयो।

FB_IMG_1694359359635-1694360343.jpg

थाहा नगरपालिकाको १२ ओटै वडामा गठन भएका उपभोक्ता समितिका पदाअधिकारीहरुलाई अनुशिक्षण दिइएको छ । 

थाहा नगरपालिकाको १३औं नगरसभाबाट स्वीकृत भएको योजनाहरु आर्थिक वर्ष २०८०/०८१मा संचालनको लागि उपभोक्ताहरुलाई नगरपालिकाले अनुशिक्षण दिएको हो । नगरपालिकाले १७ भदौमा वडा नम्बर ६,र १ का  उपभोक्ता समितिका पदाअधिकारीहरुलाई  अनुशिक्षण दिएको थियो भने १८ गते ३,४ र २ नम्बर वडाका उपभोक्ता समितिका पदाधिकारीहरु लाई अनुशिक्षण दिएको थियो भने १९ गते ५ नम्बर वडा,२० गते ७ नम्बर वडा ,२१ गते ८ न वडा २२ गते ११ र १२ र २४ गते ९ र १० का उपभोक्ता समितिलाई अनुशिक्षण दिएको हो । समितिका पदाअधिकारीहरुलाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी,सह लेखापाल संदेश घिमिरे ,इन्जिनियर सन्तोष बोहरा,आन्तरिक लेखा परिक्षक सन्दिप पौडेल,योजना शाखाका प्रकाश कुमार लामा,  सहजीकरण गरेका थिए ।
 उनिहरुले उपभोक्ता समिति गठन प्रक्रियादेखि योजना संचालन तथा फछ््र्यौटसम्मको प्रक्रियामा गर्नुपर्ने कार्यको विषयमा सहजीकरण गरेका थिए । 
थाहा नगरपालिकाले उपभोक्ता समिति मार्फत संचालन गर्ने योजना चालु आर्थिक वर्षको फागुन मसान्त भित्रै सम्पन्न गर्ने तालिका वडा तहसम्म सर्कुलर गरेको छ । योजना कार्यान्वयन तालिकामा साउन महिनाभित्रै उपभोक्ता समिति गठनका कार्यक्रम सक्ने, १५ भाद्र भित्र लागत अनुमान तयार गर्ने गरी सर्कुलर वडामा आएको वडाध्यक्षहरुले बताएका छन् ।
उपभोक्ता समितिसंग असोज मसान्तभित्रमा सम्झौता सक्ने थाहा नगरपालिकाको योजना रहेको छ । तालिका अनुसार सम्झौता सम्पन्न भएको ५ महिनाभित्रमा उपभोक्ता समितिहरुले योजना सम्पन्न गरिसक्नुपर्नेछ । पालिकाले उपभोक्ता समिति मार्फत संचालन हुने योजना सम्पन्नको डेटलाइन फागुन मसान्त मानेको छ ।

यसैबीच पालिकाले ठेक्का मार्फत संचालन गर्ने योजनाहरुको भाद्र मसान्तसम्म लागत अनुमान तयार गरिसक्ने समयसीमा तोकेको छ । असोज महिनाभर बोलपत्र आव्हानको कार्यतालिका रहेको छ भने २० मंसिरभित्र ठेक्का सम्झौता गर्ने पालिकाको कार्यतालिका रहेको छ ।

FB_IMG_1694359362796-1694360373.jpg
FB_IMG_1694359356360-1694360373.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg