pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

थाहाका विद्यालय आइतबार पनि संचालन गर्ने निर्णय

DSCN4807-1778511695.JPG

मकवानपुरको थाहा नगरपालिकाले नगरभित्रका सबै विद्यालय आइतबारसमेत सञ्चालन गर्ने निर्णय गरेको छ।
थाहा नगर शिक्षा समितिको सोमबार (आज) बसेको बैठकले शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि तथा नियमित पठनपाठनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो।
नगरपालिकाका अनुसार सार्वजनिक बिदा, विभिन्न कार्यक्रम तथा अन्य कारणले शैक्षिक गतिविधि प्रभावित हुँदै आएको अवस्थालाई मध्यनजर गर्दै अतिरिक्त पठनपाठन आवश्यक ठहर गरिएको हो।
सोहीअनुसार नगरभित्र सञ्चालित सामुदायिक तथा संस्थागत सबै विद्यालयमा आइतबार नियमित कक्षा सञ्चालन गरिनेछ। शिक्षा समितिले निर्णयको प्रभावकारी कार्यान्वयनका लागि विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थी सबै पक्षलाई आवश्यक समन्वय र सहयोग गर्न आग्रह गरेको छ।
नगरपालिकाको यो निर्णयले विद्यार्थीको सिकाइ समय वृद्धि हुनुका साथै शैक्षिक उपलब्धि र पठनपाठनको गुणस्तरमा सकारात्मक प्रभाव पर्ने बताएको छ।

FB_IMG_1778558114367-1778558194.jpg

हेर्नुस सूचना

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...