Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहाका युवाले नगरसभाको अभ्यास गर्दै नमुना बजेट प्रस्तुत गरे।

IMG_20220622_141622_211-1655997256.jpg

थाहा नगरपालिकाको आयोजना तथा जिल्ला युवा समितिको कार्यालय मकवानपुरको संयोजनमा थाहा नगरपालिकामा पहिलो पटक आयोजना भएको नमूना युवा नगरसभाको अभ्यास सम्बन्धी ४ दिवसीय प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
गत असार ५ गते आइतबार देखि सुरु भएको कार्यक्रम ४ दिन संचालन भइ नमूना नगर सभा संचालन भएपश्चात समापन भएको हो । नमूना नगरसभालाई नगर सभा अध्यक्ष तथा नमुना युवा नगर प्रमुख बिस्मिता गोपालीले संचालन गर्दै नमूना नगर सभा उपाध्यक्ष ओमस प्रधानले बजेट बक्तब्य, बिनियोजन बियेयक २०७८ र आर्थिक बिध्येयक २०७८ पेश गर्दै पारित भएको थियो।थाहा नगरपालिकाका १२ वटै वडाका ४५ जना युवाहरुलाई युवा निति, नेतृत्व, राज्यप्रणाली, नेतृत्व बिकाश, युवा मार्गदर्शन, नगरपरिषद, यसको संरचना लगायतका बिषयबस्तुमा प्रशिक्षण प्रदान गरिएको जिल्ला युवा समितिका अध्यक्ष शिबहरि दाहालले जानकारी दिनुभयो ।अध्यक्ष दाहालले तालिममा युवा जीवन र मार्गदर्शन, लोकतन्त्र र लोकतान्त्रिक संस्कृति, सूचनाको हक, नेपालमा युवा संसदको अवधारणा र अभ्यास, युवा क्लब र युवा क्लब गठन प्रक्रिया, स्थानिय योजना निर्माणका सात तहहरु र वस्तीस्तरको योजना निर्माणमा युवा क्लबको भूमिका, नगरसभा संचालन सम्बन्धी कार्यविधि तथा गाउँ/ नगर सभामा पालना गर्नुपर्ने नियमहरुका विषयमा समेत राष्ट्रिय प्रशिक्षक मुना तिवारी र अशोक खनालले सहजीकरण गर्नुभएको जानकारी दिनुभयो ।प्रशिक्षण कार्यक्रमको थाहा नगरपालिकाको नगर प्रमुख बिष्णु बहादुर बिष्टले उद्घाटन गर्नुभएको थियो ।कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली, विभिन्न वडाका वडा अध्यक्षहरु, जिल्ला युवा समितीका अध्यक्ष शिबहरि दाहाल,सामाजिक बिकास शाखाका प्रमुख अनिल लामिछाने, समाजसेवी बिमल कुमार ढकाल, शिक्षाबिद सानोभाइ कार्की, युवा अभियान्ता दिनेश कार्की, थाहा नगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान लगायतको उपस्थिति रहेको थियो  भने आउदो असार १० गते थाहा नगरले आफ्नो नगरसभा बाट नीति तथा कार्यक्रम ल्याउदै गर्दाको पुर्व सन्ध्यामा नमुना युवा साम्सद कार्यक्रम अन्तर्गत रास्ट्रीय युवा परिषद तथा जिल्ला युवा समितिको समन्वय तथा थाहा नगरले आयोजना गरेको ४ दिने युवा नगरसभाको अभ्यास सम्बन्धि प्रशिक्षण कार्यक्रमको अन्तिम दिन नगर सभाको झल्को दिने गरि आर्थिक बर्ष २०७९/०८० को लागि थाहा नगरको अनुमानित आयब्यय बिबरण सहित बजेट पेश गरियो।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg