Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहाका महिला जनप्रतिनिधिहरु नेतृत्व विकास तालिम लिदै

mahila3-1701094912.jpg

थाहा नगरपालिकाले आफ्ना महिला जनप्रतिनिधिका लागि नेतृत्व विकास एवं उद्घोषणसम्बन्धी चार दिने तालिमको सुरु गरेको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्वारा आयोजित चारदिने सो तालिममा वडा नं १ देखि १२ सम्मका महिला जनप्रतिनिधिको सहभागिता रहने छ । तालिम कार्यक्रम यही मंसिर ११ गते सञ्चालन भएर १४ गते समापन हुने छ ।

तालिम उद्घाटनको अवसरमा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले संवैधानिक प्रावधानअनुसार स्थानीय पालिकामा महिला जनप्रतिनिधिको सार्थक र नेतृत्वदायी भूमिका कमजोर नहोस् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए।

सुशासन, इमानदारिता, पारदर्शिता र काम गर्ने उजागर महिला जनप्रतिनिधिको छवि बनेको जनाउँदै उनले यस्ता तालिम तथा कार्यक्रमले यसलाई मजबुत तुल्याउने बताए।

तेसै गरि उपप्रमुख भरत गोपालीले पालिकामा समयसापेक्ष रूपमा महिला जनप्रतिनिधिलाई क्षमता विकास गराउन जरुरी हुने बताए । उनले विकास निर्माण, सुशासन, सञ्चार, स्थानीय निकाय सञ्चालन, सूचनाको हक लगायतका विषयमा जानकारी पाएपछि क्षमता विकासमा ठूलो सहयोग पुग्ने बताए ।

 नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले सुशासन र समृद्धि सरकारको लक्ष्य भएकाले स्थानीय तहमा महिला नेतृत्वलाई कसरी प्रशिक्षित गर्न सक्छौँ भन्नेबारेमा सोच्न जरुरी भएको बताए। 

तालिमका सहभागीलाई सार्वजनिक भाषणकला, उद्घोषण कला, क्षमता अभिवृद्धि, नेतृत्व विकासका साथै लैङ्गिक, न्यायिक क्षेत्रका विविध विषयमा तालिम प्रदान गरिने महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी शाखा प्रमुख प्रतिमा मोक्तानले बताए। यस प्रकारका तालिमका लागि माग भई आएकाले तालिम प्रदान गरिएको उनको भनाइ छ ।

नगरपालिकाले यसअघि महिला जनप्रतिनिधि हरुलाइ मागअनुसारका विभिन्न तालिम दिएको थियो । महिला बालबालिका जेष्ठ नागरिक तथा अपांग परिचयपत्र समितिका संयोजक अनिता बलको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा नगर प्रमुख बिष्णु बिष्ट,उपप्रमुख भरत गोपाली,प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी,सामाजिक विकास शाखा संयोजक दिनेश बल,सुशासन समितिका संयोजक बिष्णु बहादुर गुरुङ,नेकपा एमाले थाहा नगरकी महिला नेतृ कल्पना बलामी,नेपाली काङ्ग्रेस थाहाकी महिला नेतृ राममाया खत्रीले कार्यक्रम सफलताको शुभकामना दिएका थिए।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg