Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहाका किसान आन्दोलित,किसानको मागप्रति आफ्नो पनि ऐक्यबद्धता :- नगर प्रमुख बिष्ट

mal2-1669898677.jpg

 मकवानपुरको उत्तरी क्षेत्रमा रासायनिक मल नपाएपछि किसानहरु आन्दोलनमा उत्रेका छन् । आलु लगाउने समय नजिकिँदै गर्दा मलको अभावका कारण चिन्तित बनेका थाहा नगरपालिकाको किसान आन्दोलनमा उत्रिएका हुन् । मलको सहज आपूर्ति गर्न थाहा नगरपालिकाका किसान आन्दोलन संघर्ष समितिले आज बिहीबार नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाल कृषि प्रधान देश भएपनि विगत केही बर्षदेखि मलको अभाव हुने गरेको छ ।

आधुनिक कृषि प्रणाली र व्यवसायी रुपमा किसान आत्मनिर्भर हुनुपर्ने अवस्थामा उन्नत जातको बीउ, मल र बजार व्यवस्थापन जस्ता सामान्य कुरामा समेत राज्य संवेदनशील हुन नसक्दा मुलुक भरका किसान मर्कामा परेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । राज्य किसानप्रति जवाफदेही नहुँदा सरकारबाट निश्चित मुल्य निर्धारण गरिएका युरिया, डिएपि जस्ता मलहरू तेब्बर मुल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको उनीहरुले आरोप लगाएका छन् । ध्यानाकर्षण पत्रमा भनिएको छ, “मकवानपुरको उत्तरी क्षेत्रमा माघ महिनाको पहिलो हप्तादेखि आलु लगाउनुपर्ने सिजन प्रारम्भ हुन्छ । आलुको लागि प्रति किसान ६ बोरादेखि १५ बोरासम्म मल आवश्यक पर्छ । समानुपातिक मल वितरणको नियमले प्रतिकिसान १० किलो मल मात्रै प्राप्त हुन्छ । जुन आलु बालीको लागि प्रयाप्त होइन ।” मल आएपछि त्यसको बाडफाँड आवश्यकता र ओैचित्यको आधारमा गर्नुपर्ने उनीहरुको माग छ । किसानको समस्यालाई मध्यनजर गरी थाहा नगरपालिकाले आम किसानको हकहितको निमित्त काम गरोस् भन्दै संघर्ष समितिको संयोजक लक्ष्मण बर्तौलाले उक्त ज्ञापनपत्र वाचन गर्दै नगर प्रमुख बिष्णुबहादुर बिष्टलाई ज्ञापनपत्र बुझाएको हो । बर्तौलाको नेतृत्वमा थाहा नगरपालिका वडा नम्बर ३ बाट प्रारम्भ भएको आन्दोलनमा आसपासका जनसमुदायको व्यापक उपस्थिति रहेको थियो ।आन्दोलनलाई सम्बोधन गर्दै लक्ष्मण बर्तौलाले भन्नू भयो - यो आरम्भ हो अन्त्य होइन ।किसानको माग र मुद्दालाई सम्बन्धित निकायले संवेदनशील ढंगले नहेरी बेवास्ता गरे आन्दोलन थप चर्कने र देशव्यापीरूपमा थप अन्य कार्यक्रम घोषणा गरिने जानकारी दिनुभयो । ध्यानाकर्षण पत्र बुझ्दै थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले किसानहरूको माग जाहेज रहेको र सो अभियानमा नगरपालिकाको समेत ऐक्यबद्धता रहेको कुरा बताउदै राज्यको नीतिनिर्माताले गर्दा किसानहरुले दुख पाइरहेको स्विकार्दै मलको आपूर्ति सहज र किसान समक्ष सहज बितरणको लागि आफुनै अगाडि बढेर किसानहरु संगै आन्दोलनमा सहभागी हुने मेयर बिष्णु बिष्टले किसानहरूलाई बताउँनु भएको थियो साथै वहाँले थाहा नगरपालिकाको लागि कोटा भन्दा बढी मल लेराउनको लागि पहल भैरहेको बताउदै मलको विषय राष्ट्रिय समस्या भएकोले आफुभन्दा माथिल्लो निकायमा यो विषयलाई जोडका साथ लैजाने बताएका थिय।

 

 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...