Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहाका किशोरीहरु र अपाङ्गता भएकालाई गहना र अचार बनाउने, तालीम सम्पन्न ।

CamScanner-०४-१३-1681382402.jpg

सिप सिकौं उद्दम गरौं स्वरोजगार बनौं भन्ने नाराका साथ नगरबासिलाई सिप प्रदान गराई आत्मनिर्भर बनाउने उद्देश्यले कृस्टलको गहना चुरा बनाउने एडभान्स  तालिम र अपाङ्गतता भएका लाई अचार बनाउने सात दिने तालिमको ३० चैतमा समापन  गरिएको छ।

थाहा नगरपालिका महिला बालवालिका तथा अपाङ्गता परिचयपत्र वितरण शाखाको सहयोगमा कृस्टलको गहना बनाउने एडभान्स तालिम तथा अपांग सरोकार मंच थाहा नगरको समन्वयमा ७ दिने अचार बनाउने तालीम सन्चालन गरिएको थियो।

 तालिमका मुख्य प्रशिक्षक कमला सुवेदीले सिप बिकासले मात्र ब्यक्ति उद्दमी बन्न नसक्ने बताउदै ,उद्दमी बन्न का लागी उद्दमशिलता तालिम को आबश्यकता रहने प्रशिक्षक सुवेदीले बताउनुभयो ।

महिला उद्यमशीलताको लागि सवको साथ र सहयोग अपरिहार्य रहेकोे भन्दै नगर प्रमुख बिष्णु बिष्टले भन्नुभयो -“यस्तो उद्दमशिलता र सिप बिकास तालीम प्रदान गरि न्नगर बासिलाई आत्मनिर्भर बनाउन का लागी आगामी दिनमा बजेट बिनियोजनमा कति कन्जुस्याइँ गरिने छैन ,तालिममा सिकेको कुरा बजारीकरणमा लाग्न सबै लाग्नु पर्दछ ।” तब मात्र महिला तथा अपाङ्गता भएकाहरुको जीवनस्तर माथी उठ्नेमा जोड दिए साथै बिष्टले तालिमले सिकेको कुरालाई ब्यवसायीक रुपमा प्रयोग गर्न सबैसंग आग्रह गर्नुभयो । उहाँले थप सिप विकासका लागि नगरपालिका सधै सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

त्यसै गरि वडा न ३ अध्यक्ष हिरेन्द्र रायमाझीले  सहभागिलाई सिप हासिल गरे पस्चात पारिबारिक जिबनस्तर सुधारमा लाग्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्ने अतिथिहरुले  तालिम लिएर प्रमाणपत्र सिरानीमा राख्ने खालको नभई तालिमबाट सिकेका कुरा व्यवहारमा उतार्न र व्यवसायीक बन्नका लागि आग्रह गरेका थिए ।
सहभागीहरुले आफुले उत्पादन गरेको चिज बस्तुलाई बजारीकरण गर्नको निम्ति वडा र नगरले सहयोग गरेमा उत्पादन गर्न जांगर मिल्ने बताएकाथिए।

अचार बनाउने तालिममा १२ वडाका १५ जना फरक क्षमता भएकाहरुको सहभागिता रहेको थियो भने कृस्टलको गहना बनाउने तालिममा गत जेठमा संचालन भएको आधारभुत तालिममा सहभागी भएका विद्यालय छाडेका किशोरीहरुको सहभागिता रहेको थियो।
तालिमलाई अचारमा प्रशिक्षक निलम रिजाल,रुपा कुमारी श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो भने गहना बनाउने तालिम नेपालकै ख्यातिप्राप्त सिपबिकास केन्द्र काठमाडौ तथा श्रीजनशील कृस्टल हस्तकला उद्योगकि संचालक कमला सुवेदीले प्रशिक्षण दिइरहनुभएको थियो।
सामाजिक विकास सदस्य पवित्रा सिंह ठकुरीको अध्यक्षतामा सम्पन्न समापन समारोहमा प्रमुख अतिथी नगर प्रमुख बिष्णु बिष्ट ,बिशिस्ट अतिथी उपप्रमुख भरत गोपाली वडा अध्यक्ष हरु हिरेन्द्र रायमाझी ,नारायण लामा,वडा सदस्य कृष्ण कुमार कार्की ,सविता सुनार,सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने ,सुचना शाखा प्रमुख सुरज कुमार भुजेल,महिला बालबालिका शाखा प्रमुख प्रतिमा मोक्तान,अपांग सरोकार मंच थाहा नगरका अध्यक्ष मनलाल गोपाली ,थाहा नगर रोजगार संयोजक कुमार नेगी,कोशेली घर संचालक समिती अध्यक्ष राजकुमार पन्त लगायतका उपस्थिति रहेको थियो।
कार्यक्रममा तालिममा सहभागिता जनाउने हरुलाई प्रमाणपत्र प्रदान गरियको थियो भने सहभागी हरुले बनाएका कृस्टलका गहना तथा अचारलाई प्रदर्शन समेत गरियको थियो।

 

 

CamScanner-०४-१३-1681393197.jpg
CamScanner-०४-१३-1681393200.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg