Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

थानकोट चित्लाङ सडक खण्डको सेतो पहरामा ऐना चढाउन बाबाको सुझाव

FB_IMG_1708187921868-1708225966.jpg

थानकोट-चित्लाङ जोड्ने प्रमुख सडक गणेशमान सिंह मार्गको सेतो पहरा क्षेत्रमा पछिल्लो समय दुर्घटना बढिरहेपछि सडकदेखि सदनसम्म यसको चर्चा चुलिएको छ ।

पुष २८ गते भएको जीप दुर्घटनामा एकै परिवारका तीनसहित पाँच जनाको ज्यान गएपछि यस सडकको दुरावस्थाको विषयले थप चर्चा पाएको हो ।
यस सडकको ट्य्राक खुलेको लामो समयसम्मपनि स्तरोन्नति हुन नसक्दा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न विवश छन् । केन्द्रीय राजधानीबाट प्रदेश राजधानी जोड्ने छोटो दूरीको सडक मार्गको अवस्थाका विषयमा सवत्र चासो र चिन्ता व्यक्त हुन थालेपछि अर्थ मन्त्रालयले गत महिना स्रोत सुनिश्चित गरेर ६ करोड रुपैयाँ विनियोजन गरेपछि यस सडकको सेतो पहरा खण्डमा अहिले मर्मतको कार्य जारी छ ।

मन्दिर बनाई ऐना चढाउन बाबाको सुझाव

यसैबीच विश्वभक्त बाबा नाम गरेका एकजना साधकले सो सडक खण्डको सेतो पहरामा मन्दिर बनाउनुपर्ने सुझाएका छन् ।
सडक खन्नुपूर्व क्षमा पूजा नगरिएकोले ती क्षेत्रमा अप्रिय घटना घटिरहेको भन्दै उनले सो क्षेत्रमा सेतीदेवीको मन्दिर बनाई ऐना चढाउनुपर्ने बताएका हुन् ।

कुनै क्षेत्रमा दोष देखिएमा व्यक्तिको ध्यान वीकेन्द्रित हुने भएकोले ऐनाको प्रकाशले ध्यान केन्द्रीत गर्न सहायता समेत पुग्ने भएकोले त्यस्ता स्थानमा  ऐना राखि दोष कम गर्ने चलन अन्यत्र पनि रहेको उनले बताए । आइतबार बिहान थानकोट टाइम्ससँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफुले ध्यान गर्दा सेतो पहरा क्षेत्रमा अलाैकिक शक्तिले मन्दिर बनाउन सुझाएको बताउँदै उक्त स्थानमा सानो मन्दिर स्थापना गर्न आफु लागिपरेको बताए । 

बीपी राजमार्गस्थित सिन्धुलीको सुनकोसी गाउँपालिका-५ रिट्ठेभिरको भित्तापनि सेती देवीको नाउँमा हजाराैं ऐना टाँसिएका छन् । उक्त क्षेत्रमा दुर्घटना बढेपछि साधकहरूको भनाइमा सो क्षेत्रमा सेतीदेवीको स्थान रहेको र ऐना चढाए देवीले शक्ति प्रदान गरि दुर्घटना टर्ने विश्वास स्थानीयसहित यात्रुले गर्दै आएका छन् । हाल १० हजारभन्दा बढी ऐना बिपी राजमार्गको भित्ताभरि छन्। थानकोट टाइम्स

तस्बिरः बुद्धरत्न मानन्धर 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg