pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

त्रिवेणी शङ्खमूलको पौराणिक महत्व खोतल्दै थाहानगर

460491895_143452756390341-1726840918.jpg

संखमूल त्रिवेणी

काठमाडौ पशुपतिनाथमा रहेको शङ्खमूल र मकवानपुरको थाहा नगरपालिकास्थित त्रिवेणी शङ्खमूल विश्वका प्रमुख तीन शक्तिशाली शङ्खमूल मध्येमा पर्छन् ।

नेपालमा कयौं शङ्खमूलमध्ये यी दुई शङ्खमूलको पौराणिक महत्वबारे नेपाल महात्मे हिमवत खण्डमा उल्लेख भएको धार्मिक गुरुहरुको दाबी छ । विश्वका तीन प्रमुख शङ्खमूलमा एउटा भारतमा रहेको बताइन्छ ।

धार्मिक शास्त्रअनुसार विश्वको तीन शङ्खमूल मध्ये ऋषेश्वरबाट उत्तर बगेको नारायणी नदी र पश्चिम त्रिवेणीघाटबाट पूर्व बगेको संगमस्थल नै विश्वको एक शङ्खमूल गंगा भएको जनविश्वास छ ।

चुडामणी महाराज 

धार्मिक दस्तावेजहरुको आधारमा थाहा नगरपालिका (साविकको दामन गाउँ बिकास समिती)हाल थाहा ३ नम्बर वडाको घट्टेचौरमा अवस्थित त्रिवेणी शङ्खमूल विश्वकै पवित्र स्थल रहेको दाबी गरिएको छ । यसको पौराणिक महत्वलाई संरक्षण र प्रवर्द्धन गर्दै शङ्खमूललाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य थाहा नगरपालिकाको छ ।

पहिलो चरणमा थाहा नगरपालिकाले स्थानीय अगुवाहरुको भेला गरेर यसको धार्मिक दस्तावेजमा उल्लेख भएका विषयमा संवाद गरेको छ । संवादमा काठमाडौंस्थित शान्तिधामका मठाधीश १००८ स्वामी चतुर्भुजाचार्य चूडामणि महाराजले त्रिवेणी शङ्खमूलको पौराणिक महत्वबारे बताए । कार्यक्रममा चूडामणिसँगै पण्डित राजकुमार खनाल, नेपाल ज्योतिष परिषदका केन्द्रीय सदस्य चोलेन्द्र रिजाल, लक्ष्मण श्रीनिवास रामानुदास, रामप्रशन्न बराल, बासुदेव रामानुदास लगायतको उपस्थिति थियो ।

चूडामणि महाराजले धार्मिक ग्रन्थहरुको आधारमा थाहाको शङ्खमूल विश्वकै पवित्र भूमि भएको दाबी गरे । ‘हिमवत खण्डको अध्याय ११२ मा यो शङ्खमूलको विषयमा प्रष्टसँग उल्लेख गरिएको छ, यो नै ठूलो प्रमाण हो,’ उनी भन्छन्, ‘शंखुकर्ण दैत्यले युद्ध गरेर भगवान शंकरबाट वरदान पाएको ठाउँ हो यो । यहाँ देवता र दैत्यबीच ठूलो लडाइँ भएको थियो ।

भगवान शंकरले वित्रेणी शङ्खमूलको वैभव देखेर नारायणलाई समेत धर्तीमा उतारी युद्धसन्धि भएको उनले दाबी गरे । त्रिवेणी शङ्खमूल भएको ठाउँ पातालगंगा भएको धार्मिक दस्तावेजहरुमा उल्लेख भएको उनको भनाइ छ ।

चूडामणिले शङ्खमूल भएको ठाउँमा दुई नदीको संगमस्थलमा जल भएको ठोकुवासमेत गरे । ‘यहाँ जल हुनैपर्छ । नभए भोलि डोजर लाएर हेर्नुस् कुवा वा कुनै नदीको स्रोत हुनैपर्छ,’ उनले थपे । यसलाई पातालगंगाको समेत नाम दिइएको छ ।

‘शंखुकर्ण दैत्यले विजय प्राप्त गरेको, मोक्ष प्राप्त गरेको, भगवान शंकरको अश्रुबिन्द परेको एउटा नारायणी गंगा, नारायण तीर्थबाट आएको र ऋषेश्वरबाट आएको ऋक्षेमति गंगाको संगम भएको यही ठाउँ शङ्खमूल हो । यो विश्व प्रसिद्ध ठाउँ हो,’ उनले भनेका छन्, ‘यहाँ पुसे औँसीमा गरेको पितृहरुको श्राद्ध कुनै प्रकारको तुलना छैन । शंखमुलको स्नान, मोक्षनारायणको दर्शन र पाण्डुकेश्वरको दर्शन गरे कुनै अश्वमेघ यज्ञ गर्नुपर्दैन ।’

गया, काशी, उत्तरगया, गोकर्ण आदि तीर्थहरुमा गरिएको भन्दा पनि उत्तम फल पालुङको त्रिवेणी शङ्खमूलबाट पाइने चूडामणि बताउँछन् । भगवान शंकरले गराएको युद्ध सकिएपछि शङ्खमूल नामाकरण गरेर यहाँ देवर्षि नारद आएर पहिलो स्नान गरेको चूडामणिको दाबी छ । देवर्षि शङ्खमूलमा स्नान गरेर ऋषेश्वरमा बसेको उनले बताए ।

ऋषेश्वर शङ्खमूल भएको स्थानबाट करिब आधा घण्टाको यात्रामा पुग्न सकिन्छ । ऋषेश्वर मकवानपुरकै प्रमुख धार्मिक पर्यटकीय क्षेत्र हो । ऋषेश्वर हिन्दु र बौद्ध धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल हो । यहाँ हरेक वर्ष लाग्ने मेलामा देशभरबाट धर्मावलम्बीहरु आउने गरेका छन् । यहाँ भारतको पश्चिम बंगालका धर्मावलम्बीहरु बढी आउने गरेका छन् ।

डीपीआर बन्यो, अब विकासमा जोड

थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीले शङ्खमूलको प्रमाणित स्रोतको खोजी गर्ने क्रममा मठाधीश श्रीचतुर्भुजाचार्य चूडामणि समक्ष पुगेको बताए ।

गोपालीले त्रिवेणी शङ्खमूलको पूर्वाधारसँगै धार्मिक पर्यटनका हिसाबले विकास गरिने योजना प्रस्तुत गरे । शङ्खमूलसँग धार्मिक महत्व जोडिएको नजिकै रहेका ऐतिहासिक पाण्डुकेश्वर मन्दिर भद्रतीर्थको पनि विकास गरिने गोपालीले उल्लेख गरेका छन् । पौराणिक महत्वअनुसार पालुङको शङ्खमूलको समग्र विकास आवश्यक रहेको र यसलाई तीव्रता दिइने उनी बताउँछन् ।

शङ्खमूलमा मन्दिर, पुष्पबाटिका, किरियापुत्री घर, धर्मशाला लगायतका पूर्वाधार निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए । शङ्खमूलसँगै रहेको पुरानो सरस्वती मन्दिरको पनि संरक्षण गरिने उनले बताए । ‘यो विश्वको तीन मुख्य शङ्खमूल मध्ये एक हो । शङ्खमूललाई देशकै प्रमुख धार्मिक पर्यटनको दृष्टिकोणले विकास गर्ने योजनामा छौं,’ उपप्रमुख गोपाली भन्छन् ।

शङ्खमूलको विकासका लागि यसअघि नै विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) निर्माण भइसकेको छ । डीपीआर बनाएका निवर्तमान नगर प्रमुख लवशेर विष्टले शङ्खमूलको विकासमा जोड दिन ढिलाइ गर्न नहुने बताउँछन् । ‘मेरो कार्यकालमा यसको वस्तुस्थिति बुझेर डीपीआर बनाएको थिएँ । सोचेअनुसार काम गर्न भ्याइएन । अब यसको विकासमा तीव्रता दिनुपर्छ,’ विष्ट भन्छन् ।
थाहाका वर्तमान नगर प्रमुख विष्णुबहादुर विष्टले चूडामणि महाराजले शङ्खमूलको धार्मिक महत्वबारे प्रमाणमा आधारित भएर बताएपछि अगाडि बढ्न सहज भएको बताए । शङ्खमूल बारे आफूले सुनेका कुरा प्रमाणकै रुपमा पाउँदा निर्धक्कताको महसुस भएको विष्टले सुनाए । शङ्खमूललाई धार्मिक क्षेत्रको रुपमा विकास गर्न बृहत्तर शङ्खमूल विकास समिति गठन गरेरै अघि बढ्ने उनको योजना छ ।

सांस्कृतिक सहर थाहा

शङ्खमूल मात्र नभई धार्मिक हिसाबले थाहा नगरपालिका यसै प्रख्यात छ । यहाँ ऐतिहासिक ऋषेश्वर मन्दिर, पाण्डुकेश्वर मन्दिर, इन्द्रायणीमाई, बज्रबाराही माई,गोखुरेश्वर , स्वचन्द भैरव, पाथीभरा मन्दिर, गोरखनाथधाम प्रमुख धार्मिक क्षेत्र हुन् ।

धार्मिक क्षेत्रले प्रख्यात थाहाले सांस्कृतिक सहरको परिचय पनि बनाएको छ । यहाँ हरेक वर्ष थुप्रै धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने गरेको छ । पर्यटकीय दृष्टिकोणले थाहानगर सम्भावना भएको क्षेत्र हो ।

चित्लाङ, टिस्टुङको नर्वेढुंगा, खुकुरी पार्क, मुलाबारी चौर, दामन, सिमभन्ज्याङ, कोटथुम्की पर्यटकीय क्षेत्रमा परिचित हुन प्रकृतिले दिएका वरदान हुन् ।

थाहा नगरका अधिकांश नागरिकको मुख्य पेसा कृषि हो । थाहा नगरको अर्को महत्वपूर्ण विशेषता भनेको कृषि पर्यटन पनि हो । स्थानीय सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेटका कार्यक्रम बनाउने गरेको उपप्रमुख गोपाली बताउँछन् ।तस्विर शम्भु अधिकारी 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...