pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

त्रिभुवन राजपथका २५ वटा घर भत्काइयो

byaparik-marga-1-1648879411.jpg

त्रिभुवन राजपथअन्र्तगत वीरगञ्ज(पथलैया सडकखण्डमा सडक सीमा अतिक्रमण गरेर बनाइएका घर-टहरा भत्काइएको छ ।

व्यापारिक मार्ग विस्तार योजना कार्यालय पथलैयाले सडक क्षेत्र अतिक्रमण गरेर बनाएको २५ वटा घर भत्काएको हो ।


बारा र पर्साका प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा जनपथ र सशस्त्र प्रहरीसहित ६३ जनाको टोली सडक अतिक्रमण हटाउन खटिएको थियो ।

सडक अतिक्रमण हटाउने क्रममा स्थानीय महिला आएर विरोध जनाएपछि महिला सुरक्षाकर्मी टोलीसमेत खटाइएको थियो ।


परवानीपुरमा १९ वटा मध्ये ९ वटा र जीतपुरमा १७ वटामध्ये १६ वटा घर भत्काएर सडक सीमा खाली गरिएको व्यापारिक मार्ग विस्तार योजना कार्यालयका प्रमुख इन्जिनियर मनिषकुमार साहले जानकारी दिए ।

‘यसअघि अतिक्रमण हटाउँदा गरिब छु १० इन्च छोडिदिनुस, पिलर जोगाइदिनुस भनेर काममा खटिएका साथीहरूलाई आग्रह गर्ने, धम्की दिने गरेछन्’ उनले भने, ‘परवानीपुरमा २०० मिटरमा ५० मिटर सडक सीमा ४८ मिटर मात्रै थियो, नाली नै बांगो देखिन्थ्यो । १९ वटा जति घर सडक सीमा क्षेत्रभित्र रहेछ, आज ९ वटा हटाएका छौं, भोलि बाँकी हटाउँछौं ।’

जीतपुरमा भने आयोजना कार्यालयले सूचनाको म्याद सकिएको भोलिपल्ट चैत १६ गतेदेखि नै अतिक्रमण हटाउन सुरु गरेको थियो । १७ वटा मध्ये १६ वटा घर भत्काइसकिएको आयोजना कार्यालयका प्रमुख इन्जिनियर साहले बताए ।

‘बाँकी रहेको एउटा घर भत्काउन आज मेसिन पठाएका थियौं, सूचनाको बारेमा जानकारी थिएन भन्दै सुरुमा कर्मचारीलाई धम्की दिए,’ उनले भने, ‘पछि आफैं भत्काउँछु भनेर लिखित रुपमै ४ दिनको समय मागेका छन् । अब सडक सीमा खाली नगरे डोजर चलाउँछौं ।’

जीतपुरमा पनि यसअघि नै सडक अतिक्रमण गरेर बनाएको संरचना हटाइसकेको भए पनि कतिपय मानिसहरूले नालामा सटाएर घर बनाएका थिए ।

व्यापारिक मार्ग अन्तर्गत नै ड्राइपोर्ट क्षेत्रमा पनि ३ वटा घर सडक सीमा अतिक्रमण गरेर बनाइएको छ । त्यसलाई पनि छिट्टै हटाउने योजन कार्यालयले जनाएको छ ।

सडक सीमा अतिक्रमण गरी बनाइएका संरचना हटाएपछि पथलैया क्षेत्रको फुटपाथ खाली गर्ने योजना कार्यालयका प्रमुख इन्जिनियर साहले बताए ।

चैत १ गते नै कार्यालयले पथलैया(जीतपुर(परवानीपुर(गण्डक सडक र परवानीपुर ड्राइपोर्ट(आईसीपी सडकखण्डको केन्द्रविन्दुबाट २५/२५ मिटर भित्र पर्ने सम्पूर्ण सरकारी नीजि घर टहरा, पर्खाल आदि भत्काउन १५ दिने सूचना जारी गरेको थियो ।

आफैं हटाएर विकास निर्माण कार्यमा सहयोग गर्न आग्रह गरिएको थियो । अटेर गरेमा सडक सीमा अतिक्रमण गर्ने उपर सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को (१०, ९२० र (३० बमोजिम कारबाही गर्ने चेतावनी समेत सूचनामा दिइएको थियो ।

चैत १५ गतेसम्म सडक सीमाभित्रका संरचना हटाइ नलगेमा संरचना भत्काउन बाध्य हुने र क्षतिको जिम्मेवार सम्बन्धित पक्ष नै हुने सूचनामा उल्लेख थियो ।

दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरि ०७२/०७३ सालमै ठेक्का लागेको वीरगञ्ज पथलैया व्यापारिक मार्ग ६ वर्ष वितिसक्दा पनि काम सकिएको छैन ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...