Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

तेस्रो थाहा महोत्सवको तयारी अन्तिम चरणमा,शुक्रबारसम्म उँट र अष्ट्रिच पनि ल्याइसक्ने -अध्यक्ष कविराज खत्री

शम्भु अधिकारी,थाहा नगरपालिका

मकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र थाहानगरमा आगामी १० कात्तिक देखि हुन लागेको तेस्रो थाहा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । स्टल व्यवस्थापन, कृषि मेला प्रदर्शनी, पर्यटकीय जोनलगायतको तयारी पूरा भएको छ भने मञ्च र बाल मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजक थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले बताए । 

महोत्सव मूल आयोजक समितिअन्तर्गत बनाइएका विभिन्न विभागीय टोलीहरुले आआफ्नो काम अन्तिम चरणमा पु¥याएका छन्, शुक्रबार साँझ सम्म सम्पूर्ण तयारी पुरा हुनेछ’ उनले भने । आयोजकले महोत्सवको उद्घाटन शनिबार विहान १० बजे गर्नेगरी कार्यक्रम तय गरेको छ । ९ दिनसम्म संचालन हुने महोत्सवको उद्घाटन गर्न प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल आउने भएका छन् । सो अवसरमा प्रदेश–३ का कम्तिमा ५ जना मन्त्री, साँसदहरु, थाहा नगरपालिकाका प्रमुख, उपप्रमुखसहित विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहने आयोजकले बताएको छ ।

महोत्सव उद्घाटनअघि ओखरबजारबाट विहान ९ बजे शोभायात्रा शुरु गरिने संघका महासचिब सुरेन्द्रमान प्रधानले बताए । शोभायात्रामा परम्परागत साँस्कृतिक झाँकीहरुसहित ब्याण्ड बाजासमेत समावेश गर्ने गरी तयारी गरिएको छ । महोत्सवमा अवलोकनकर्ताहरुलाई मनोरन्जन प्रदान गर्न आउने कलाकारहरु पक्का भैसकेको छ ।

राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने महोत्सवमा प्रत्यक्ष बाजामा लोकदोहोरी समेत हुनेछ । शुक्रबारसम्म उँट र अष्ट्रिच पनि ल्याइसक्ने बताइएको छ ।

उत्तरी मकवानपुरको कृषि, पर्यटन र व्यापारको प्रवर्धनमा टेवा पु¥याउन महोत्सवको आयोजना गर्न लागिएको हो ।

महोत्सवमा कृषि, अटो तथा सवारीसाधन, फेन्सी तथा कस्मेटिक, हस्तकला तथा उद्यमशील, आइटी, परामर्श तथा प्रवद्र्धन लगायत गरी २ सय ५० वटा स्टलहरु रहनेछन् ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg