Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

तीन 'स' का साथ पालुङ जेसीज अध्यक्ष पदमा संगम कार्कीको उम्मेद्वारी

sangam-1670740990.jpg

. थाहानगर, मंसिर/पालुङ जेसीज बर्ष २०२३को अध्यक्ष पदका लागि संगम कार्कीले उम्मेद्वारी घोषणा गर्नुभएको छ । एक ब्यक्ति एक पद एक बर्ष कार्यकाल रहने जेसीजको बर्ष २०२२का कानुनी सल्लाहकार समेत रहनुभएको कार्कीले संचारकर्मीहरुसंगको कुराकानीमा आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको हो । थाहा नगरको सामाजिक क्षेत्रमा क्रियाशिल पालुङ जेसीजको बर्ष २०२३का लागि कार्की तीन 'स' अर्थात् समानता, सहकार्य र सफलताको मूल सिद्धान्त सहित अध्यक्ष पदको लागि आफू तयार भएको बताउनुभयो । अंग्रेजी र समाजशास्त्र विषयमा स्नातकोत्तरसम्मको अध्ययन पुरा गर्नुभएको कार्कीले बर्ष २०२३मा उपलब्धिमुलक कार्यक्रम गर्दै सदस्यहरुको ब्याक्तित्व बिकास सहित गाउँ, समाज र राष्ट्रको बिकासमा युवाको क्षमतालाई प्रदर्शन गर्न सक्ने बनाउन विविध कार्यक्रम संचालन गर्ने बताउनुभयो । कार्कीले बर्ष २०२३मा विशेष २३ कार्यक्रम सहित उत्कृष्ट बर्ष बनाउने समेत बताउनुभयो ।

उहाँले युवाहरुलाई सूचनाप्रबिधिमा जोडेर थाहा नगरको शिक्षा, स्वास्थ्य, सहकारी, पर्यटन, कृषि, राजनीति, ब्याक्तित्व बिकासको क्षेत्रमा कार्यक्रमहरु तयार गरिएको बताउनुभयो । बर्ष २०१६ मा पालुङ जेसीजको सदस्यता लिनुभएको कार्कीले २०१७ मा साधारण सदस्य, २०१८ मा ओमकर क्वीज कन्टेष्ट संयोजक, २०१९ मा उपाध्यक्ष, २०२०मा कोषाध्यक्ष, २०२१ मा महासचिव र २०२२मा कानुनी सल्लाहकारको भूमिका निभाई सक्नुभएको छ । पालुङ जेसीज बर्ष २००५ का अध्यक्ष सानोभाई कार्कीको जेठो छोरा संगम कार्की आफ्नो बुबाको प्रेरणा र युवाहरुलाई समाज बिकासमा प्रेरित गर्न आफुले अध्यक्ष पदमा उम्मेद्बारी दिने बताउनुभयो । जमर्को नेपालको अध्यक्ष, एन्टिक नेपाल प्रा.लि. (हस्तकला सम्बन्धि तालिम र सिप प्रदान गर्ने संस्था) ब्यवस्थापकको जिम्मेवारी सम्हालीसक्नु भएको कार्की हाल जनकल्याण माबिको शिक्षक, उच्च माद्यमिक शिक्षक संगठनको थाहा नगर संयोजक, नेपाल शिक्षक महासंघ थाहा नगर सदस्य, प्याब्सन थाहा नगर सचिब, हिमालयन ईङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलको संयोजक, न्यु भिजन एकेडेमी थाहा ३को संस्थापक, जनकल्याण माबि मानबिकी संकाय संयोजक, नेपाल रेडक्रस सोसाइटीको आजिवन सदस्य, अखिल नेपाल शिक्षक संघ मकवानपुर जिल्ला सदस्य, जनशक्ति कृषक सहकारी संस्था लि. थाहा ३ को लेखा सुपरिबेक्षेण समिति सदस्य लगायतको जिम्मेवारीमा हुनुहुन्छ । सामाजिक क्षेत्रमा सक्रिय कार्कीले पालुङ जेसीजको ईतिहासमा बर्ष २०२३ लाई लोकप्रिय र उत्कृष्ट बनाउने बताउनु भयो ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg