pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

तीन महिने सिलाई कटाई तालिम सम्पन्न

FB_IMG_1684495684982-1684495712.jpg

थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले हरेक मानिसभित्र रहेको सीपलाई व्यवहारमा उतार्न सके आत्मनिर्भर र स्वरोजगारको अवस्था सिर्जना हुने बताउनुभएको छ ।

शुक्रबार थाहा नगरको थानाबजारमा  बागमती प्रदेश सरकारको पर्यटन,उद्योग तथा सहकारी मन्त्रालय अन्तर्गत उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाको आयोजना तथा थाहा नगरपालिकाको कार्यालय र थाहा नगर उद्योग वाणिज्य संघको समन्वयमा आयोजना गरेको तीन महिने सिलाई कटाई तालिमको समापन समारोहको प्रमुख अतिथिको आसनबाट बोल्दैं नगर प्रमुख बिष्टले  उक्त कुरा बताउनुभएको हो ।

उहाँले हातमा सीप भए कोहि पनि मानिस बेरोजगार बस्नु नपर्ने र कसैको भर नपर्नुपर्ने भन्दैं तालिममा सिकेको सीपलाई व्यवहारमा उतारेर सहभागीहरुलाई आत्मनिर्भर र स्वरोजगार बन्न आग्रह गर्नुभयो । समापन समारोहमा प्राप्त गरेको प्रमाणपत्रलाई राख्नै मात्रै गरियो भने समयको मात्र बर्बाद हुने भएकाले उहाँले यहाँ सीकेको सीपलाई अब हरेक महिलाहरुले व्यवहारमा उतार्न सुझाव दिनुभयो ।
 ०७९ माघ २६ देखि भएको तालिमको समापन गरिएको हो।

तालिम समापनमा बोल्दै थाहा नगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधानले तिन महिना सम्म सिकेको सिपलाई जिवनमा लागु गर्न आग्रह गर्नुभयो । मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने महासचिव प्रधानले  बताउनु भयो ।

सोही कार्यक्रममा बोल्दै थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले स्थानियहरुको माग अनुसार तालिम दिएकाले आफुले सिकेको सिपलाई व्यवहारमा उतार्दै व्यवासायिक बन्न आग्रह गर्नुभयो । साथै वहाँले थाहा नगर उद्योग वाणिज्य संघले आगमी दिनमा थप सिप विकासमा सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा प्रशिक्षक आरती श्रेष्ठले सिलाई कटाई तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले तालिम प्रदान गरीएको बताउदै तालिमले महिला दिदिबहिनीहरुलाई स्वरोजगार, आत्म निर्भर बन्न र आर्थिक उपार्जनमा समेत महत्वपूर्ण योगदान पु¥याउने बताउनु भयो ।
कार्यक्रमको अध्यक्ष समेत रहेकी घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाका प्रमुख टीका शर्माले उपस्थित महिलाहरुलाई निर्वाहमुखि सिप सिक्न अग्रसर हुन आग्रह गर्दै महिलाको जीवन स्तर अभिवृद्वि गर्न आउँदो दिनहरुमा यस्तै कार्यक्रमहरु संचालन गर्न आँफुले पहल गर्ने कुरामा प्रतिवद्वता जनाउनुभयो।

घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाका प्रमुख टीका शर्माको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान ,घरेलु कार्यालयका कर्मचारीहरु ,लगायतका उपस्थिती रहेको थियो।
तालीममा १७ जना महिलाको सहभागीता रहेको थियो भने समापनको अवसरमा सहभागी हरुलाइ प्रमाणपत्र प्रदान गरियको थियो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...