himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

तीजलाई सन्देशमूलक बनाएर मनाऔं :-सामाजिक विकासमन्त्री मोक्तान

Screenshot_20220827-20263-1661611454.png

भदौ ११/हेटौंडा । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले तीज पर्वलाई सन्देशमूलक बनाउनुपर्नेमा जोड दिनुभएको छ । शनिबार चिनारी सन्देश साप्ताहिकले हेटौंडामा आयोजना गरेको तीज विशेष अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री मोक्तानले तीजलाई भड्किलो र खर्चिलेभन्दा पनि महिला सशक्तीकरणसंग जोडेर सन्देशमूलक बनाउनुपर्ने बताउनुभयो । 

मन्त्री मोक्तानले पछिल्लो समय महिलाहरु शिक्षित भएकै कारणले हरेक क्षेत्रमा सहभागीता बढेको बताउनुभयो । उहाँले यस्ता सहभागीतालाई अझै बढाएर नेतृत्व सम्हाल्न सक्ने अवस्था सिर्जना गर्न समेत महिला दिदीबहिनीलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा बोल्दै बागमती प्रदेशसभा सदस्य एंव नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलमाी ‘छिन्तु’ ले हिन्दु नारीहरुले मनाउने तीज धार्मिक, सामाजिक सहिष्णुताका कारण अहिले सबै महिलाहरुले मनाउने गरेको राम्रो विषय रहेको बताउनुभयो । तर, पछिल्लो समय तीजलाई मौलिकभन्दापनि अरुको देखासिखी गरेर मनाउने चलनले तीजको महत्व कम भैरहेको बताउनुभयो ।

गैरसरकारी महासंघ बागमती प्रदेश अध्यक्ष आरती पाठकले भने तीजको अवसरमा गरिने दर कार्यक्रमलाई सकरात्मक रुपमा लिनुपर्ने बताउनुभयो । अहिलेका महिलाहरु शिक्षित र कुनै न कुनै क्षेत्रमा क्रियाशिल रहने तथा आर्थिक रुपले सक्षम भैरहेकाले पनि तीजका अवसरमा खाइने दरलाई सकरात्मक रुपमै लिनुपनर्ने बताउनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारु, पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष ध्रुव अधिकारी, सचिव शुभलक्ष्मी विक, प्रेस सेन्टर नेपाल बागमती प्रदेश सदस्य भावना रिजाल, फोनिज मकवानपुर उपाध्यक्ष नवराज वाईवा, मेची-महाकाली बुहारी समाजका सह संयोजक मन्जु फुयाँल लगायतकाले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा चिनारी सन्देशको अनलाईन संस्करण चिनारी सन्देश डटकमको पनि शुभारम्भ गरिएको थियो ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg