Sunday, 19 May, 2024
कृषि

तिन दिने तरकारी खेती सम्बन्धि तालिमको समापन

1713714067866-1713714117.jpg

थाहा नगरपालिकाको मा व्यवसायिक तरकारी खेती प्रविधि सम्बन्धी तालिम सम्पन्न भएको छ । थाहा नगरपालिकाको वडा नम्बर ४ मा रहेको पालुङ बहुउद्देश्यीय सहकारीको सभाहलमा ७ वैशाखबाट शुरु भएको व्यवसायिक तरकारी खेती सम्बन्धी ३ दिने तालिम सकिएको हो ।

आर्थिक वर्ष २०८०/०८१ वार्षिक स्वीकृत कार्यक्रम अनुसार व्यवसायिक रुपमा तरकारी खेती गरिरहेका किसानहरुको लागि थाहा नगरपालिका कृषि विकास शाखाले तालिमको आयोजना गरेको हो । कृषकहरुलाई व्यवसायिक बनाइ कृषि उत्पादनमा वृद्धि गराउने उद्धेश्यले उक्त तालिममा पालिकाको प्रत्येक वडाको अगुवा कृषक किसानहरुको सहभागीता रहेको छ ।

तालिममा सहभागीहरुलाई तालिममा व्यवसायिक तरकारी खेती गर्ने तरिका, रोग नियन्त्रणको उपाय लगायतका विषयमा प्रशिक्षण दिइरहेको थाहा नगरपालिका कृषि विकास शाखाका प्रमुख संजय तिवारीले जानकारी दिए । तालिममा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकारी डाक्टर देवराज अधिकारीले सहजीकरण गरेका थिए ।

थाहा नगरपालिकाले कृषि तथा पशुपालनलाई विशेष प्राथमिकता दिई विगतदेखि नै कृषिको यान्त्रिकीकरण एवं व्यवसायिकरण गर्ने उद्देश्यले विभिन्न कृषि औजार तथा सामाग्री वितरण गर्दै आईरहेको छ । नगरपालिकाले कृषि पेशालाई सम्मानित पेशाका रुपमा विकास गर्न नगरपालिका लागि परेको थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले बताए।


world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...