himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

तामाङ पत्रकार संघको तीन दिने समाचार लेखन तालिम सुरु,

CamScanner-०४-१०-1681143146.jpg

 

 

 

हेटौंडा: तामाङ पत्रकार संघ मकवानपुरको आयोजनामा ३ दिवसीय समाचार लेखन तथा वाचन तालिम सोमबारदेखि सुरु भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा मकवानपुरका पत्रकारहरुका लागि तालिम आयोजना गरिएको हो ।
तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तानको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यमा तालिम सुरु भएको हो ।
तालिममा मन्तव्य राख्नुहुँदै मेयर लामाले विभिन्न माध्यमबाट आएको टिक्कटिप्पणीले उपमहानगरलाई व्यवस्थापन गर्न सजिलो भएको बताउनुभयो । पत्रकारिता पेशाले इज्जत, मान प्रतिष्ठसँगै समाज रुपान्तरणका लागि अहम् भूमिका खेल्ने बताउनुभयो । तालिमले नयाँ पुस्तालाई पत्रकारिता पेशामा आउन सहयोग पुग्ने उहाँको भनाइ छ। यस्तै तामाङ पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष आदर्श थोकरले काम चलाउका रुपमा पत्रकारिता गरिरहेकाे बताउनुभयो । कतिपय सबल र सक्षम पत्रकारहरु रहेकाले पत्रकारिता किन गर्ने भन्ने कुरा प्रष्ट हुनुपर्ने उहाँको भनाइ छ । तामाङ पत्रकार संघ बागमती प्रदेशका उपाध्यक्ष ज्ञानेन्द्र तामाङले भाषा, कला, पेशाका आधारमा नै तामाङ पत्रकार पछि परिरहेको चुनाैतिको रुुपमा लिन जरुरी रहेको बताउनुभयो । तर पछिल्लो समय नयाँ पुस्ता उक्त पेशामा जोडिएपनि लामो समय टिक्न नसकिएको अवस्थामा यस्ता तालिमले सहयोग पुग्ने उहाँको भनाइ छ । प्रेस सेन्टर मकवानपुरका उपाध्यक्ष राजकुमार केसीले तामाङ समुदायको समस्यालाई उजागर गर्न तालिमले लेखाइ र बोलाइमा अझ प्रभावकारी भुमिका खेल्ने बताउनुभयो ।

नेपाल जनजाति महासंघ मकवानपुरका अध्यक्ष जङ्गबहादुर राईले पछिल्लो समय पत्रकारिता पेशामा नयाँ पुस्ता टिक्न नसकिएको अवस्थामा समाचार लेखाइ र वाचनमा भन्दा कसरी टिकाउने भन्ने विषय तालिम जरुरी बताउनुभयो । जन पत्रकार स्वयम् शिक्षित समुदायले भएकोले उजागर गर्नुपर्ने उहाँको भनाइ छ ।
नेपाल तामाङ घेदुङ संघ मकवानपुरका सचिव किरणमान बलले आवाजविहिनहरुको अावाजलाई प्रतिनिधित्व गर्न सके जीवनस्तरमा परिवर्तन आउने बताउनुभयो ।
झक्री र लामा हराउँदै गएको अवस्थामा तामाङ समुदायको भाषा, कला र संस्कृतिको संरक्षणको लागि मिडियाले बढावा गर्नुपर्ने बताउनुभयो। यस्तै नेपाल भाषा र तामाङ भाषा प्रदेश सरकारले सरकारी कामकाजको भाषा बनाउन पहल भइरहेको अवस्थामा सुखद विषय रहेको बताउनुभयो । यस्तै पालिका पालिकामा नयाँ पुस्तालाई पत्रकारितामा ल्याउन तालिम हुनुपर्ने र सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष नवराज वाईबाले पत्रकारितामा टिक्नु गम्भीर विषय रहेको बताउनुभयो । सिक्ने, बिक्ने र टिक्ने प्राविधिसँग घुलमिल हुँदै अभ्यास गरेर अघि बढ्ने जोड दिनुपर्ने उहाँको भनाइ छ । नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारीले पत्रकारिताको परिचय, पत्रकारको भूमिका, समाचार लेखन र वाचनका विषयमा प्रशिक्षण दिनुभयो । उहाँले मकवानपुरमा पत्रकारिता गर्ने दक्ष पत्रकार कम रहेको बताउनुभयो । जुन उल्लेख सख्यामा पत्रकार रहेको छ । जसले परिचय दिन चहान्छ तर काम गर्न नचाहने पारिपटि रहेको उहाँको भनाइ छ । तालिम बुधबार समापन हुने अधिकारीले बताउनुभयो ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg