pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

तरुण दल थाहा द्वारा अन्तरक्रिया तथा शुभकामना आदानप्रदान

1730376247933-1730376305.jpg

नेपालिहरुको महान चाड शुभ दिपावली तथा नेपाल संबत ११४५ तथा छठ पर्वको अबसरमा नेपाल तरुण दल थाहानगर कार्यसमितिको आयोजनामा जनप्रतिनिधि सङ अन्तरक्रिया तथा चियापान सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।तरुण दल थाहा नगर अध्यक्ष नबराज लामाको सभापतित्वमा सम्पन्न  कार्यक्रममा नेपाली काङ्ग्रेस महासमिति सदस्य,नेपाल निर्माण ब्यबसायी महासंघका पुर्ब अध्यक्ष तथा समाजसेवी ब्यक्तित्व जयराम लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो।थाहा नगर भित्रका नेपाली काङ्ग्रेस नगर समिती              पदाधिकारी,वडा सभापति हरु,ने.बि. संघ,महिला संघ,तरुण दल लगायत विभिन्न भातृ,शुभेच्छुक संस्था  तथा काङ्ग्रेस सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको  कार्यक्रममा नेपाली काङ्ग्रेसबाट निर्वाचित उप मेयर भरत गोपालि,वडा अध्यक्षहरु राजन भक्त श्रेष्ठ,शिबराज थिङ, टिकाराम स्याङ्तान तथा सदस्यहरुको पनि उपस्थिति रहेको थियो।जनप्रतिनिधि हरुलाइ विभिन्न वडाका सभापति हरुले गुनासो,प्रश्न,सुझाब तथा आगामी दिनहरुमा कार्यसम्पादन र जनपक्षीय कार्यमा कुनै सम्झौता नगरी परिणाम मुखी कार्य गर्न र निरंतरता दिन प्रश्न मार्फत ध्यानाकर्षण गरेका थिए।
आफ्नो वडामा गरेको कार्य बीबरण प्रस्तुत गर्दै सबै वडाध्यक्ष ज्यु हरुले आफुहरु  काम र बिकासको मामलामा दिन रात नभनी लागिपरेको र बाकी कार्यकाल सकारात्मक कर्म द्वारा जनताका समस्या समाधान गर्दै सम्झन लायक कार्यकाल बनाउने दिशा तर्फ अग्रसर रहेको बताउनु भयो।यस्तै उपमेयर भरत गोपालिले पनि जनमतको आफुले कदर गरेको र न्याय सम्पादन सहित बिकास निर्माण लगायत सर्बपक्षीय बिषय हरुमा आफुले जनतालाइ निराश नबनाएको जनाउनुभएको थियो।
मन्तव्य राख्दै प्रमुख अतिथी जयराम लामिछानेले आफू पनि थाहानगरकै भएको हुनाले यहाको बिकास र जनताको चाहना आफ्नो कर्तव्य मा पर्ने बताउनुभएको थियो।
थाहानगरका विभिन्न वडामा बाटो खन्ने क्रममा मेसिन सहयोग गरेको स्मरण गर्दै जनताले चाहे जहिले जतिखेरै जुनसुकै तरिकाबाट पनि आफू जनताको पक्षमा आर्थिक,राजनितिक र सामाजिक जुनसुकै रुपमा उपलब्ध हुने बताउनुभएको थियो।
फ्यामिली ब्यान्क्वेट थाहा ४ मा भएको कार्यक्रम लाई काङ्ग्रेस युबा नेता तथा थाहा तरुण कार्यबाहक अध्यक्ष बिक्रम गोपालिले सन्चालन गर्नुभएको थियो।कार्यक्रम थाहा नगर तरुण तथा काङ्ग्रेस जनमा उत्साह भर्दै भब्य र सभ्य रुपमा सम्पन्न भएको काङ्ग्रेस थाहा -४ सभापति श्रीकृष्ण के सी ले जानकारी दिए। 

1730376250762-1730376357.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...