pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

तरकारी जोनले बितरण गर्यो अनुदानमा हाते ट्र्याकटर

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मकवानपुरको आयोजनामा थाहा नगरका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मिनिटिलर बितरण गरिएको छ ।

बिहिबार एक कार्यक्रम बिच थाहा नगरमा ३६ ओटा मिनि टिलर बितरण गरिएको हो ।

कृषि सहकारी, कृषक समुह तथा ब्यक्तिगत कृषि फर्ममा आबद्ध कृषकहरुलाई अनुदानमा मिनिटिलर वितरण गरिएको हो ।

बिहिबार एक कार्यक्रमबिच थाहा नगरपालिका वडा नम्बर ४ का वडा सदस्य नारायण लामाको प्रमुख आतिथ्यतामा मिनिटिलर बितरण गरिएको हो ।

मिनि टिलर बितरण गर्दै लामाले कृषि पेशालाई सहज र कम लगत बनाउनका लागि तरकारी जोनले गरेको सहयोगलाई धन्यवाद ब्यक्त गर्नु भयो ।

तरकारी जोन मकवानपुरका प्रमुख कृष्ण प्रसाद पौडेलले कृषिमा यान्त्रिकरण गरि उत्पादन लागत कम गर्न र स्वरोजगारको सृजना गर्नेको लागि जोन तत्पर रहेको बताउनुभयो ।

कार्यक्रममा तरकारी जोन संचालक समिति अध्यक्ष सुबिन भक्त श्रेष्ठ, कृषि सहकारी संघ मकवानपुरका संचालक राजकुमार केसी, तरकारी जोन मकवानपुरका कृषि बिकास अधिकृत अनिल तिवारी, लेखापाल भारती अधिकारी, कर्मचारी प्रमिला पोख्रेल, सागर तितुङ लगायत सहकारी, समुह र फर्मका पदाधिकारीको उपस्थिति रहेको थियो ।

हाल तरकारी जोनले थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका, हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिकामा कार्य गर्दै आएको छ ।

https://www.thahapati.com/public/images/users/11150368_899780873425783_-1622687723.jpg
राजकुमार के‍.सी.
rajkumar.stoneheart@gmail.com

राज कुमार के‍.सी. थाहापाटीका सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८५५०६८२०७

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...