Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

डोरमणिले धोका दिएपछि विरोध खतिवडाले साथ दिएको ‘परेवाभीर’ सडक सम्पन्न हुँदै

310646876_876450640393227-1665757003.jpg

मनहरी–असोज २८ गते । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले परेवाभीर सडक खण्डमा बाटो बनाउन सम्भव नरहेको भन्दै बजेट नहाल्ने सार्बजनिक अभिब्यक्ति दिएपछि थप विवादास्पद बनेको राक्सिराङ गाउँपालिका ४ स्थित परेवाभीर सडक खण्ड निर्माण सम्पन्न हुने अन्तिम चरणमा छ ।

हरेक बर्ष उक्त खण्डमा भीरबाट लड्ने र मानिसहरु बगाउने गरेको पीडालाई प्रदेश सभामा सांसद ओमबहादुर ग्लान (प्रदीप) ले सबाल उठाउँदै आइरहनु भएको थियो । उहाँले यदि कसैगरी परेवाभीर खण्डमा खोलाले बगाएर मान्छे मरेमा प्रदेश राजधानी हेटौँडाको बुद्धचोकमा दाहसंस्कार र प्रदेश सचिवालयमा काजकिरिया गर्ने धम्पकी समेत दिनु भएको थियो ।

स्थानीय तहमा राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, तत्कालीन कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान, राक्सिराङ नै घर भएका बागमती प्रदेशका भौतिक पूर्वाधार राज्य मन्त्री सन्तबहादुर चेपाङ लगायत नेताहरुले परेवाभीर खण्डमा पक्की बाटो बनाउनका लागि गरिरहेको प्रयत्नलाई तत्कालीन मुख्यमन्त्री पौडेलले उडाएका थिए ।

परेवाभीर खण्डको अर्थ नभएको भन्दै पूर्व मुख्यमन्त्री पौडेलले सडक निर्माण असम्भव भएको बताएपछि राक्सिराङ गाउँपालिकाले एकल रुपमा उक्त खण्डमा सडक निर्माण गर्ने प्रतिबद्धता जनाउँदै काम अघि बढाएको थियो ।

मुख्यमन्त्री आफ्नै पार्टीका नेता भए पनि त्यताको कुरै नसुनी राक्सिराङ गाउँपालिका ४ वडाध्यक्ष सन्जय कोइरालाले भने परेवाभीर खण्डमा सडक निर्माण हुनुपर्ने धारणा राख्दै आएका थिए । त्यसै बेला सांसद विरोध खतिवडाको पहलमा अर्थ मन्त्रालयबाट २ करोड रुपियाँ अनुदानको व्यवस्था भएपछि राक्सिराङ गाउँपालिकाले ठेक्कामार्फत सडक निर्माण थालेको थियो ।

तर, निर्माणका क्रममा गतबर्ष मनहरी खोलाले निर्माणाधीन सडक खण्डको पर्खाल भत्काएपछि पूर्व मुख्यमन्त्री डोरमणिका पक्षधरले चौतर्फी आलोचना समेत गरेका थिए ।
गत बर्षको बर्षायाममा खोलाले क्षति पु¥याए पनि राज्यको तर्फबाट क्षति थिएन । भएको क्षति ठेकेदार कम्पनीले ब्यहोरेर यसपटक भने मनहरी खोलाबाट उच्च सतर्कता अपनाउँदै काम थालिएकोमा बर्षायाममा समेत अटो र साना गाडीहरु चल्ने अबस्थामा परेवाभीर रहेको छ ।

गत बर्ष जिल्ला समन्वय समितिलाई परेवाभीरतर्फ खोला सोझ्याउने ढिस्को काट्न र नदी किनारमा बढेको ग्रेवल निकाल्नका लागि राक्सिराङ गाउँपालिकाले अनुरोध गरेकोमा समितिका तत्कालीन प्रमुख रघुनाथ खुलालसहितको टोलीले अनुगमन गरेपछि ढिस्को काट्न र ग्रेवल निकाल्ने अनुमति दिएको थिएन । जसका कारण खोलाले निर्माणाधीन संरचना भत्काएको थियो ।

 

२ बर्षका लागि बानियाँ लामा जेभीलाई ४ करोड ३२ लाख लागतमा परेवाभीर खण्डसहित सडक निर्माणको ठेक्का दिइएकोमा अब १० प्रतिशत मात्रै काम पूरा गर्न बाँकी रहेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । ‘त्यतिखेर डोरमणि पौडेलले हामीलाई निराश बनाउनु भएपनि सांसद विरोध खतिवडाले केन्द्रीय पहल गरी बजेट व्यवस्था गरिदिनुभयो’, मल्लले भन्नुभयो–‘परेवाभीरभन्दा माथि गार्खामा केही मिटर ट्रयाक बनाउना साथ हामी मनहरीबाट धादिङ सजिलै पुग्न सक्छौँ ।’

डोरमणि पौडेलको बहिर्गमन भएपछि आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेल, भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भँडेलसहितको समर्थनमा बागमती प्रदेश सरकारले ३४ करोड रुपियाँ बिनियोजन गरी मनहरी–आदमघाट सडक खण्डलाई बहुबर्षे ठेक्का लगाइएको छ । पाँच बर्षभित्र यो सडक खण्ड पिच हुने गरी काम अघि बढेको बागमती प्रदेश सरकारले जनाएको छ ।

असोज २८ गते बिहान राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गड्तौला, ठेकेदार कम्पनीका तर्फबाट उज्वल बानियाँसहितको प्राविधिकहरु संलग्न टोलीले परेवाभीर खण्डमा बाँकी रहेको कामको अनुगमन गर्नु भएको छ । निर्धारित समय सकिन लागेकाले २ महिना म्याद थप गरी ठेकेदार कम्पनीलाई काम सम्पन्न गर्न दिने तयारी भएको गाउँपालिका अध्यक्ष मल्लले बताउनुभयो ।

मनहरी लाइभ बाट 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg