Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

ठेकेदारले समयमा काम नगरेको भन्दै थाहा नगरपालिकाले जारी ग¥यो सार्वजनिक सूचना (सूचनासहित)

Thaha_Munaaaaaaaa-1600933634.jpg

सम्झौता बमोजिम ठेकेदारले तेकिएको समयमा काम सम्पन्न नगरेको र पटकपटक बोलाउँदा पनि सम्पर्कमा नआएको भन्दै थाहा नगरपालिकाले सार्वजनिक रुपमै सूचना जारी गरेको छ । आज बिहीबार गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित गरी थाहा नगरपालिकाले थाहाका दुईवटा निर्माण कम्पनीलाई सम्पर्कमा आउन आह्वान गरेको हो । 

७ दिनको म्याद दिएर प्रकाशन गरिएको सूचनामा २०७५÷०७६ भित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएकोमा हालसम्म पनि सम्पन्न हुन नसकेको र ठेकेदारलाई सम्पर्कका लागि बोलाउँदा पनि नआएको उल्लेख गरिएको छ । ‘आर्थिक वर्ष २०७४÷ ०७५ र ०७५÷०७६ मा गरिएका सम्झौताहरु हुन्, पहिलोपटक भएको सम्झौता अवधि सकिएको दुई वर्ष वित्दा पनि सम्पन्न हुन सकेन, पटकपटक बोलाउँदा सम्पर्कमा नआएपछि सार्वजनिक रुपमै आव्हान गरेका छौं,’ नगरपालिकाका एक उच्च अधिकारीले थाहापाटीसित भने । 

नगरपालिकाले सूचना प्रकाशित गरी प्रोग्रेसिभ कन्स्ट्रक्शन कालीमाटी र एफ एण्ड टी कन्स्ट्रक्शन सिन्धुपाल्चोकलाई सम्पर्कमा आउन भनेको हो । थाहा नगरपालिकामा प्रोग्रेसिभले सम्झौताबमोजिम ३ वटा ठेक्का र एफ एण्ड टीले २ वटा ठेक्का समयमा सम्पन्न गर्न नसकेको सूचनामा जनाइएको छ । 

प्रोग्रेसिभ कन्स्ट्रक्शनले आ. व. २०७५÷०७६ मा थाहा बसपार्क निर्माण, थाहा पार्क निर्माण र पालुङ बँदेली सडकको अपग्रेडिङ गर्ने गरी छुट्टाछुट्टै ३ वटा सम्झौता गरेकोमा सम्पन्न हुन नसकेकोे हो । त्यसैगरी एफ एण्ड टी कन्स्ट्रक्शनले आ. व. २०७४÷०७५ मा थाहा नगरपालिकाको वडा नं. ७ र ८ को वडा कार्यालय भवन निर्माणको ठेक्का लिएको थियो । 

उक्त निर्माण कम्पनीहरुले तोकिएको म्याद भित्र कार्यलयमा सम्पर्क नगरेमा कानून बमोजिम कारबाहीको प्रक्रिया अघि बढाउने थाहा नगरपालिकाले सूचनामार्फत् चेतावनी दिएको छ । 

हेर्नुहोस् गोरखापत्र दैनिकमा प्रकाशित सूचना:

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg