jkmv-english-1784299234.jpg
Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बागमती प्रदेश

ठुला र समुदाय केन्द्रित योजना हरुलाई प्राथमिकता :-मुख्यमन्त्री जम्कट्टेल,

330638939_675600304309444-1676035927.jpg


हेटौंडा÷बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ठूला र समुदाय केन्द्रित योजनाहरुलाई प्राथमिकता दिएर काम गर्ने बताएका छन् । नेपाल समाजवादी पार्टी मकवानपुरले आज हेटौंडामा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले योजनाहरुमा न्युनतम कतिसम्म बजेट हाल्ने भन्ने आधार समेत तयार गरिने बताए । 
‘न्युनतम आधार तयार पारेर प्रदेश सरकारले योजनाहरुमा लगानी गर्नेछ’, उनले भने, ‘साना र टुक्रे योजनाका कारण प्रदेश सरकारले गरेका कामहरुको परिणाम प्रभावकारी देखिएको छैन ।’ बागमती प्रदेश सरकारले ब्यक्तिलाई दिने अनुदान पनि बन्द गरिने उनको भनाई छ । ‘अब हामी समुदाय केन्द्रित अनुदान मात्र बितरण गर्छौं, बन्दा समाज नै बन्नुपर्छ कुनै ब्यक्ति मात्र हैन’, जम्कट्टेले भने, ‘त्यसको सुरुवात यही वर्षबाट गर्दैछौं ।’मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले छिट्टै सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने बताए । देशको अबको यात्रा समाजवादी आन्दोलन भएकाले त्यसको लागि सबै माओवादी पृष्टभूमि भएका सबै दलहरु एक हुनु आवश्य रहेको उनको भनाई छ ।  
बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष गंगानारायण श्रेष्ठले नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिच छिट्टै एकता हुने बताए । ‘प्रचण्ड र बाबुराम जि ले छुट्टा छुट्टै गर्नुभएको प्रयोग सफल देखिएन, अब एक भएर जानुको बिकल्प छैन’, उनले भने, ‘त्यसको लागि पार्टी एकताको अन्तिम तयारीम पुगेका छौं ।’
जनयुद्धले स्थापित गरेका एजेण्डाहरुलाई बलियो बनाउन पनि एकता आवश्यक रहेको उनको भनाई छ । बागमती प्रदेश सरकारले जनपक्षीय कामहरुको सुरुवात गरेको श्रेष्ठले बताए । ‘हामीले आधारभूत वर्गको पक्षमा काम गर्छौं, सरकार सबैको हो भन्ने अनुभूति दिलाउनेगरी काम गर्ने हाम्रो प्रयास हुनेछ ।’
नेसपा मकवानपुरको अध्यक्षमा भेट्टवाल
नेपाल समाजवादी पार्टी मकवानपुरको अध्यक्षमा राजकुमार भेट्टवाल चयन भएका छन् । सम्मान कार्यक्रम अघि भएको कार्यक्रममा भेट्टवालको अध्यक्षतामा ६३ सदस्यीय कार्य समिति घोषणा गरिएको हो । 
समितिको उपाध्यक्षमा रामचन्द्र थिङ (अविरल), हरिहर खतिवडा, दुर्गा कुमारी रमौली,सह सचिव निखिल पौडेल, कोषाध्यक्ष सुदिप कार्की लगायत रहेका छन् । 
पार्टीका केन्द्रीस्य सदस्य तथा मकवानपुर इन्चार्ज राजेन्द्र सिम्खडा (दारी बा) को सभाध्यक्षतामा भएको घोषणा सभा पार्टीका गैह्र भौगलिक समिति इन्चार्ज सोनाम सिं स्याङ्तान (विजय)को प्रमुख आतिथ्यतामा तथा पार्टीका बागमती प्रदेश समिति अध्यक्ष वन्दना सुवेदीको विषेश आतिथ्यतामा भएको थियो । कार्यक्रममा राजनीतिक समिति सदस्य प्रमोद श्रेष्ठ, केन्द्रीय सल्लाहकार समिति सदस्य डिवि थापा, केन्द्रीय सदस्य तुफान बिक्रम क्षेत्री (दिपशक्ति), संघीय परिषद सदस्य इजहार आलम लगायतको आतिथ्यता रहेको थियो ।

 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...