pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

ज्येष्ठ नागरिकहरुलाई तीर्थयात्रा,

FB_IMG_1695914666207-1695914678.jpg

मकवानपुरको थाहा नगरपालिले ज्येष्ठ नागरिकहरुलाई तीर्थयात्रा गराएको छ । नगरपालिकाले नगरस्तरीय ज्येष्ठ नागरिक समितिले छनौंट गरेको ज्येष्ठ नागरिकहरुलाई दोलखाको कालिन्चोक, दोलखा भिमसेन, काभ्रेको नमोबुद्धलगायतको तीर्थस्थलहरुमा यात्रा गराएको हो । नगरभरीबाट छनोटमा परेका ६० जना ज्येष्ठ नागरिकलाई पालिकाले तिर्थयात्रा गराएको थाहा नगरपालिकाका सामाजिक विकास अधिकृत अनिल लामिछानेले जानकारी दिए । 
तीर्थयात्रामा सहभागी सबै ज्येष्ठ नागरिकहरुको खर्च नगरपालिकाले व्यहोरेको छ । ज्येष्ठ नागरिकहरुको सम्मानका लागि नगरपालिकाले यो अभियान चालेको नगर प्रमुख विष्णु बहादुर विष्टले जानकारी दिए । ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य संवेदशीलतालाई ख्याल राख्दै तीर्थयात्रामा स्वास्थ्यकर्मी समेत साथसाथै लगिएको थियो । थाहा नगरपालिकाले अघिल्लो वर्ष पनि नगरस्तरीय ज्येष्ठ नागरिक समितिको सिफारिसमा देवघाटलगायतको धार्मिक स्थलमा तिर्थ यात्रा गराएको थियो । ‘अघिल्लो आर्थिक वर्ष तिर्थ गएका ज्येष्ठ नागरिकहरु यो वर्ष सहभागी हुँदैनन्, यो वर्ष सहभागी भएकाहरु अर्को वर्ष जाँदैनन्’ सामाजिक विकास अधिकृत लामिछानेले भने । 
थाहा नगरपालिकाको सबै वडामा वडास्तरीय ज्येष्ठ नागरिक समिति गठन भएका छन् भने नगर सञ्जाल सक्रिय रहेको छ । पालिकाले वर्षैपिच्छे ज्येष्ठ नागरिक सम्मान तथा न्यानो कपडा तथा सहायता सामाग्री वितरण गर्दै आएको छ । पालिका क्षेत्रमा रहेका दुई वटा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई पनि सहयोग गर्दै आएको छ । थाहामा २ वटा दिवा सेवा केन्द्र रहेका छन् ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...