Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

जो सुकै होस् भ्रष्टाचारी लाई कार्वाही हुन्छ : उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

FB_IMG_1684637799695-1684637814.jpg

जो सुकै होस् भ्रष्टाचारी लाई कार्वाही हुन्छ : उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका दोषीलाई कारबाहीको दायरामा ल्याइछाड्ने बताउनुभएको छ । 10 Shares Share थाहा नेपाल ६ जेठ, २०८० काभ्रे / उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश) ले  जोसुकै भएपनि भ्रष्टाचारीलाई नछाड्ने बताउनुभएको छ । जुन सुकै पार्टीको होस् जो सुकै होस् भ्रष्टाचारी लाई कार्वाही गर्ने उहाले प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का बरिष्ठ उपाध्यक्ष समेत रहनुभएका श्रेष्ठले समृद्ध मुलुककाे सपना, सामाजिक, आर्थिक रुपान्तरण सहितकाे समृद्ध नेपालका लागि भ्रष्टाचारको जालाे ताेड्ने अभियानमा सरकार दृढ रहेकाे बताउनुभयो । शनिबार काभ्रेको धुलिखेलमा प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिको वार्षिक साधारण सभाको उद्घाटन गर्नुहुदौ गृहमन्त्री श्रेष्ठले निर्दाेष नफस्ने र दोषीलाई नछाड्ने प्रष्ट पार्नुभयो । ‘हामी कसैसँग सम्झौता गर्दैनौँ । आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर अर्काको देशको शरणार्थी बनाएर पैसा संकलन गर्ने, सम्पत्ति आर्जन गर्ने गिरोहहरूलाई हामीले कारबाहीको दायरामा ल्याउने पहलकदमी गरेका छौँ र ल्याइछाड्छौँ। यो हाम्रो अठोट र संकल्प हो,’ उहाले भन्नुभयो  । उहाले बलिदानिपुर्ण संघर्षबाट प्राप्त उपलब्धिकाे संरक्षण गर्दै सार्वभौमिकताकाे रक्षाका साथै बाँकि रहेका शान्ति सम्झाैताका बाँकि कार्यभार पूरा गर्ने र सुसासन, समृद्धि, सामाजिक न्यायकाे लागि सरकार लागेकाे बताउनुभयो । गृहमन्त्री श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा जस्तै अन्य भ्रष्टाचारसंग संलग्न जाेसुकैलाई कार्वाही गर्न सरकार प्रतिबद्ध रहेकाे बताउनुभयो । पत्रकारिता क्षेत्रमा पनि रूपान्तरण गर्न जरुरी रहेकाे बताउँदै भन्नुभयो : एकातिर प्रविधिलाई आत्मासाथ गर्नेगरी अर्कोतिर आफ्नो कमी कमजोरी भए सच्याउने गरी रूपान्तरण गर्नै पर्छ । भ्रष्टाचारका विभिन्न केस रहेको बताउँदै मन्त्री श्रेष्ठले त्यसतर्फ पनि प्रक्रिया अगाडि बढाउने उल्लेख गर्नुभयो । ‘नक्कली भुटानी शरणार्थी प्रकरण त अगाडि आएको प्रकरण हो। तर, अरू पनि भ्रष्टाचार गर्ने, ठगीका केस, कस्टडीका केस, कालो बजारीको केस, कमिसनखोरीले देश जरजर बनाएको सन्दर्भमा हामी आँखा चिम्लेर बस्न सक्दैनौँ,’ उहाले भन्नुभयो । यस्तै, कार्यक्रमका विशेष अतिथि बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले अहिलेकाे प्रबृत्ति जारी रहे संघियता खतरामा पर्ने भन्दै कतिपय पञ्चायतकालिन ऐनका कारण प्रदेश सरकारले काम गर्न समस्या रहेकाे बताउनुभयो । मन्त्री श्रेष्ठले अहिले प्रदेशलाई बुख्याचा जस्तो बनाउन खाेजिएकाे भन्दै प्रदेशलाई आवश्यक अधिकार दिन माग पनि गर्नुभएको छ । कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज लक्ष्मण खड्कालाई नगद पच्चीस हजारसहित जनपक्षीय पत्रकारिता पुरस्कार-२०८० ले सम्मान गरिएकाे थियाे । बिगत दुई दशकदेखि बागमती प्रदेश अन्तर्गत दोलखा र काठमाडौमा रहेर निरन्तर पत्राकारिता र सङ्गठन निर्माणमा सक्रिय खड्कालाई प्रेस सेन्टर बागमती प्रदेशले उहाको कार्यको मुल्यांकन गर्दै पुरस्कृत गरेको हो । प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिका अध्यक्ष यदुनाथ गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सञ्चार रजिष्टार रेवती सापकोटा‚ प्रेस सेन्टर नेपालका केन्द्रिय इन्चार्ज महेश्वर दाहाल‚ प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष निर्मल ज्ञावली, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारू मगर‚ प्रेस सेन्टर नेपालको केन्द्रिय सचिव तथा नेपाल पत्रकार महासघका केन्द्रीय सदस्य  सुनिल खड्का लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो 
 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg