pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

जेसीज द्वारा पालुङ गढी सरसफाइ सहित डस्विन राखियो

FB_IMG_1738409655492-1738409674.jpg

थाहा २ मा अवस्थित ऐतिहासिक पालुङ गढी परिसर सरसफाइ गरि थुन्से डस्विन राखिएको छ।
पालुङ जेसीजको आयोजना तथा ईलाका प्रहरी कार्यालय पालुङको समन्वयमा गढी परिसर सरसफाइ सहित ठाउँठाउँमा थुन्से डस्विन राखिएको कार्यक्रम संयोजक नविना बिष्टले जानकारी दिइन।
पालुङ जेसीज बर्ष २०२५ का अध्यक्ष माधव कार्कीको  अध्यक्षता तथा वडा न २ का सदस्य युवराज बिष्टको प्रमुख आतिथ्यतामा आज बिहान सम्पन्न कार्यक्रममा प्रमुख अतिथी युवराज बिष्टले पालुङ गढी संरक्षणमा वडा कार्यालयले काम गरिएको स्मरण गराउदै आगामी दिनमा पनि गढी संरक्षणमा वडाले स्थानीय संग हातेमालो गर्दै अगाडि बढ्ने बताए।
ईलाका प्रहरी कार्यालय पालुङका प्रहरी सहायक निरीक्षक नारायण प्रसाद ढकालले नेपाल प्रहरीले समुदाय र विभिन्न संघसंस्था संग मिलेर सहयोग आदानप्रदान गरिरहने बताए।
जेसीज जनसम्पर्क अधिकारी कमल बिष्टले संचालन गरेको कार्यक्रममा पालुङ गढी संरक्षण समितिका अध्यक्ष अजय कार्की,चुनिदेवी सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष अर्जुन कार्की लगायत जेसीज बर्ष २०२५ का बोर्ड पदाधिकारी तथा स्थानीयको उपस्थिति रहेको थियो।
पालुङ गढी लाई चिनाउनको निम्ति पालुङ जेसीजले २०२३ देखि पहल गर्दै आइरहेको छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...