Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

थाहा नगर

जेसीजको राष्ट्रिय पदाधिकारी बन्ने लक्ष्य छ : संगम कार्की

318859145_109182125482518-1671103995.jpg

 थाहा नगर, २९ मंसिर/ पालुङ जेसीज बर्ष २०२३ का लागि अध्यक्ष पदमा उम्मेद्वारी दिएका संगम कार्कीले आफु नेपाल जेसीजको राष्ट्रिय पदाधिकारी बन्ने लक्ष्यका साथ अगाडि बढेको बताउनुभएको छ । बुधबार उम्मेद्वारी दर्ता गरेपछि कार्कीले सञ्चारकर्मीहरु संगको कुराकानीमा आफु जेसीजको नियम अनुसार सबै भूमिका निर्वाह गरि अध्यक्ष हुन योग्य भएकोले उम्मेद्रवारी दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पालुङ जेसीजमा म हुन बाँकी अध्यक्ष मात्रै हो । यहाँ अध्यक्ष भएपछि नेपाल जेसीजको राष्ट्रिय पदाधिकारी बन्ने लक्ष्य रहेको छ ।’ उहाँले बर्ष २०२३ मा पालुङ जेसीजको आफ्नो कार्यकालमा विविध कार्यक्रमहरु सहित युवाहरुलाई सामाजिक कार्यमा सहभागी गराईने बताउनुभयो । ‘सेवाका लागि युवा’ भन्ने नारा सहित टि फण्ड फर फ्युचर (टि.एफ.एफ.) कार्यक्रम मार्फत एक दिन एक कप चिया वापतको रकम जम्मा गरी उक्त रकम सामाजिक कार्यमा लगानी गर्ने अध्यक्ष पदका उम्मेद्वार कार्कीले बताउनुभयो । जेसीज अभियानमा संलग्न युवाहरुलाई सामाजिक उत्तरदायी बनाउन टि.एफ.एफ. कार्यक्रम प्रभावकारी हुने कार्कीले बताउनु भयो । एक बर्ष एक ब्यक्ति एक पद को सिद्धान्त बोकेको जेसीज अभियान अन्तरगत आफूले अध्यक्ष पदमा उम्मेद्वारी दिएकोले सोको लागि सहयोग गर्न पूर्व अध्यक्षहरु, सदस्यहरु लगायत सबैमा कार्कीले अनुरोध गर्नुभयो । उहाँले आफू तीन ‘स’ अर्थात समानता, सहकार्य र सफलताको अवधारण सहित अध्यक्ष पदमा उम्मेद्वारी दिएको बताउनु भयो । स्थानीय संघ संस्था, स्थानीय तहसंग जेसीज अभियानको सहकार्य सहित बर्ष २०२३ लाई उत्कृष्ठ बनाउने योजना रहेको कार्कीले बताउनुभयो । उहाँले जेसीजमा आवद्ध सबै युवाहरुलाई जेसीज अभियानमा सक्रिय बनाउने, पूर्व अध्यक्षहरु र नयाँ सदस्यबीच परिचयात्मक अन्तरक्रियात्मक कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg