Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

जेसीजको राष्ट्रिय उपाध्यक्षमा पालुङका कार्कीको उम्मेद्वारी

FB_IMG_1698838520147-1698838534.jpg

थाहानगर, १५ कात्तिक/नेपाल जेसीज बर्ष २०२४को राष्ट्रिय उपाध्यक्ष पदमा पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीले उम्मेद्वारी दिएका छन् ।
राष्ट्रिय उपाध्यक्ष पदका उम्मेद्वार कार्की पालुङ जेसीजमा २०१२ र २०१३ मा साधारण सदस्य, २०१४ मा खेलकुद संयोजक, २०१५ मा स्वयंसेवक संयोजक, २०१६ मा सदयता बिस्तार संयोजक, २०१७ मा बर्ष कार्यक्रम संयोजक, २०१८ मा सुरेन्द्रमान ओराटरी कन्टेस्ट संयोजक, २०१९ मा उपाध्यक्ष, २०२० कोषाध्यक्ष, २०२१ मा महासचिव, २०२२ कानुनी सल्लाहकार, २०२३ मा शाखा अध्यक्ष हुँदै २०२४का लागि राष्ट्रिय उपाध्यक्ष पदको लागि उम्मेदवारी दिएकाहुन् ।
२० बर्ष पछि पालुङ जेसीजलाई राष्ट्रिय पदाधिकारी प्राप्त गराउनको लागि आफ्नो उम्मेद्वारी रहेको राष्ट्रिय उपाध्यक्ष पदका उम्मेद्वार कार्कीले बताउनुभयो । कार्कीले संस्थाको गरिमालाई उच्च बनाउँदै आफ्नो क्षमताले भ्याएसम्म क्रियाशिल रहने बताउनुभयो ।
थाहा नगरपालिका वडा नं. ३ मा २०४२ सालमा जन्मेका कार्कीले अंग्रेजी र समाजशास्त्र बिषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । सामाजिक कार्यमा सक्रिय कार्की नेपाल रेडक्रस सोसाईटी दामन उपशाखा कार्यसमिति सदस्य, हिमालयण ईङ्लिस सेकेन्डरी स्कूल थाहा ४ को बिद्यालय संयोजक, न्यु भिजन एकेडेमी थाहा ३ को संस्थापक, जनकल्याण माध्यमिक बिद्यालय थाहा ३ को मानबिकी संकाय संयोजक हुनुहुन्छ ।
नेपाल जेसीजका निर्वाचन आयुक्त लालमणी भण्डारीका अनुसार निर्वाचन कार्यक्रम अन्तरगतको उम्मेद्वारीे तालिम, अन्तरवार्ता, ककश पश्चात मंसिर २९ देखि पौष २ गतेसम्म बुटवलमा हुने ५० औं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
नेपाल जेसीज बर्ष २०२४को लागि १ अध्यक्ष पदका लागि ५ जनाको उम्मेद्वारी परेकोछ । 
त्यस्तै कार्यकारिणी उपाध्यक्ष ४ जनाको लागि १३ जनाको र १२ जना उपाध्यक्ष पदका लागि २२ जनाको उम्मेद्वारी परेकोछ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg