Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

जुरिस्डिक्सनल रेडप्लस उत्सर्जन न्यूनीकरण सम्बन्धी पालिका स्तरीय सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

20251110_131728-1762781741.jpg

थाहा नगर । जलवायु परिवर्तन न्यूनीकरण तथा बन संरक्षण सम्बन्धी जुरिस्डिक्सनल रेडप्लस उत्सर्जन न्यूनीकरण कार्यक्रम अन्तर्गत एक दिने पालिका स्तरीय सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सहजकर्ता सीता स्याङ्तान तामाङले रेडप्लस कार्यक्रमको महत्व, उद्देश्य र स्थानीय तहमा यसको कार्यान्वयनका पक्षहरूबारे विस्तृत जानकारी दिनुभयो । सो कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ नेपालका प्रतिनिधि तथा केन्द्रीय कोषाध्यक्ष बिमल सारु मगरको विशेष सहजीकरण गरेका थिए ।
कार्यक्रमको मुख्य उद्देश्य आदिवासी जनजाति, स्थानीय समुदाय र सरोकारवाला निकायहरूलाई रेडप्लस कार्यक्रमबारे जानकारी गराउने रहेको थियो । कार्यक्रममा सहभागीहरूले वन विनाश र वन क्षयिकरणका कारणहरू, वनको दिगो व्यवस्थापनमा रहेका बाधा अवरोध, जलवायु परिवर्तनका कारण र त्यसको न्यूनीकरणमा वनको भूमिकाबारे विस्तृत छलफल गरेका थिए ।
साथै, रेडप्लस अवधारणा, नेपालमा रेडप्लससँग सम्बन्धित संरचना र आदिवासी जनजाति तथा स्थानीय समुदायको सशक्त सहभागिता सुनिश्चित गर्नुपर्ने विषयमा विशेष जोड दिइएको थियो ।
कार्यक्रममा कबारी कोषले कार्बन उत्सर्जन नियन्त्रणका विषयमा सञ्चालन गर्दै आएको कार्य योजना र बागमती प्रदेशका ३२ वटा पालिकामा रेडप्लस कार्यक्रम लागू भइसकेको जानकारी गराइएको थियो ।
यस कार्यक्रममा सहभागी सरोकारवाला निकाय र समुदायका प्रतिनिधिहरूले वन संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीय समुदायको भूमिकाबारे आफ्नो धारणा र सुझावहरू प्रस्तुत गरेका थिए ।
रेडप्लस (REDD+) कार्यक्रमले वन विनाश र क्षयिकरण न्यूनीकरण, वनको दिगो व्यवस्थापन र कार्बन उत्सर्जन घटाउँदै जलवायु सन्तुलन कायम गर्न सहयोग पुर्‍याउने उद्देश्य राख्दछ ।

20251110_120506-1762781741.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg