Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

जिसस मकवानपुरको नवौं जिल्ला सभा सम्पन्न

1699285162251-1699285279.jpg

जिल्ला समन्वय समिति मकवानपुरको नवौं जिल्ला सभा सोमबार सम्पन्न भएको 
छ । 
 सभाले जिसस मकवानपुरको आयव्यय विवरणसहित बजेट पारित गरिएको छ । सभाले जिसस मकवानपुरले गर्ने कार्यक्रमहरुको अख्तियारी प्रदान गर्ने, पछिल्लो समय जाजरकोट र रुकुममा गएको विनाशकारी भूकम्पका कारण ज्यान गुमाउन पुगेकाहरुप्रति श्रद्दाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको छ । 

यस्तै, भूकम्पबाट पीडित परिवारहरुकालागि मकवानपुरका सबै पालिकाहरुबाट जिससको समन्वयमा राहत संकलन गरि सहयोग गरिने निर्णय भएको छ । ढुंगा गिट्टी, बालुवाको निकासी सम्बन्धमा नीतिगत व्यवस्थाका लागि यथाशक्य छिटो व्यवस्थापन सम्बन्धमा अनुरोध गर्ने निर्णय सभाले गरेको छ । यसैगरि, लागु औषध गाँजाको वैकल्पिक व्यवस्थाका लागि प्रदेश र संघमा आवश्यक बजेट व्यवस्थापनका नीम्ति माग गर्ने निर्णय भएको जिसस मकवानपुरका प्रमुख ललित घलानले जानकारी दिएका छन् । 

सभाको उद्घाटन सत्रमा प्रमुख अतिथी समेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशको राजधानी सार्ने र नाम परिवर्तन गर्ने कुरा आफूले नगरेको उल्लेख गरेका छन् । केही समयअघि काठमाडौंमा आयोजित कार्यक्रममा प्रदेशको नाम र राजधानी पायक नभएको भन्ने कार्यक्रमका सहभागीहरुको भनाइलाई स्वभाविक भएको धारणा राखेको मुख्यमन्त्री जम्कट्टेलले बताएका छन् । उनले प्रदेशको नाम र राजधानी बनिसकेको र यसमा दायाँबायाँ नहुने स्पष्ट समेत पारेका छन् । 

सभामा संघिय सांसद महेश बर्तौला, बिन्दाबासिनी कंशकार, बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, बागमति प्रदेश सांसद प्रेमबहादुर पुलामी (छिन्तु), लगायत पालिकाका प्रमुख एवम् उपप्रमुखहरुको उपस्थिति थियो ।

1699285164651-1699285286.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg