Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

जिससद्वारा थाहाको नदीजन्य स्टक प्रमाणित  

जिल्ला अनुगमन तथा समन्वय समितिले थाहा नगरपालिकाको नदिजन्य पदार्थ (ढुंगा, गीट्टी, बालुवा) को स्टक प्रमाणित गरेको छ । अनुगमन समितिका संयोजक रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले थाहा नगरपालिकको नदिजन्य पदार्थको स्टक प्रमाणित गरेको हो ।

ढुंगा, गिट्टी, बालुवाको प्रमाणिकरणका लागि डिभिजन वन कार्यालयका प्रमुखको नेतृत्वमा गठित उपसमितिले पेश गरेको स्टक प्रमाणित प्रतिवेदनलाइ बैठकले स्वीकृत गरेको समितिका संयोजक रघुनाथ खुलालले जानकारी दिनुभयो । उपसमितिले पालिकाहरूमा स्थलगत रुपमा (नदिजन्य पदार्थ) ढुंगा, गिट्टी, बालुवाको नापजाँच गरेर तयार पारेको स्टक प्रतिवेदनलाई समितिले स्वीकृत गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । 
त्यस्तै बसेको बैठकले स्टक प्रमाणित भएका पालिकाहरुमा फरक मौजदात देखिएको जफतयोग्य ढुंगा, गिट्टी, बालुवालगायत नजिदन्य पदार्थहरु तत्काल राजस्व सङ्कलन गरी अनुगमन समितिलाई जानकारी गर्न निर्देशन दिने निर्णय समेत गरेको उहाँले बताउनुभयो । 

बैठकमा थाहा नगरपालिकाका उपमेयर खड्ग गोपाली सहभागी हुनुहुन्थ्यो । त्यस्तै ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, राक्सिराङ गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिमडुङ्, प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख ईमनाथ पौडेल, डिभिजन वन कार्यालय राप्तीका प्रमुख दिर्घनारायण कोईराला, जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेल, आन्तरिक राजस्व कार्यालय हेटौंडाका प्रमुख सन्त बहादुर ढकाल, सशस्त्र प्रहरी उपरीक्षक नीरकृष्ण अधिकारीलगायत अनुगमन समितिका सदस्यहरुको उपस्थिती थियो ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg