himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

जिल्लास्तरीय वक्तृत्वकलामा कुसुम खड्का उत्कृष्ठ

1723124439568-1723124512.jpg

मकवानपुर, २४ साउन/मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा नं. २ मा मूख्य कार्यालय रहेको नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २७ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको मकवानपुर जिल्लास्तरीय माध्यमिक तह वक्तृत्वकला प्रतियोगितामा हेटौंडाको जेनिथ ईङ्लिस बोर्डिङ स्कुलकी छात्रा कुसुम खड्का प्रथम भएकी छिन् ।

बिहीबार हेटौंडामा भएको प्रतियोगितामा बालजागृति ईङ्लिस बोर्डिङ स्कुलकी छात्रा देविना सञ्जेल, हेटौंडा क्याम्पसकी छात्रा सुशिला तामाङ र भुटनदेबी माबिका छात्र सिद्धान्त फुयाल क्रमशः द्वितीय, तृतीय र सान्त्वना भएका थिए ।

“आर्थिक समृद्धिमा सहकारीको भूमिका” विषयक वक्तृत्वकलामा प्रतियोगितामा जिल्ला स्थित विभिन्न बिद्यालयका २७ छात्रा र ११ छात्र गरी ३८ जना सहभागि भएका थिए ।

साहित्य संगम मकवानपुरको ब्यवस्थापनमा भएको प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, सान्त्वना स्थान हाँसिल गर्नेलाई छात्रबृत्ति स्वरुप क्रमशः नगद ५ हजार, ३ हजार, २ हजार, १ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

सहकारी संस्थाका अध्यक्ष मिठाराम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालन बद्री प्रसाद लम्सालको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि लम्सालले बिद्यालय तहदेखि नै सहकारी शिक्षा आवश्यक भएको बताए । लम्सालले राष्ट्रको आर्थिक समृद्धिमा सहकारी संघ संस्थाको महत्वपूर्ण भूमिका रहेको बताए ।
सहकारी संस्थाका सञ्चालक अर्पण पराजुलीले सञ्चालन गरेका कार्यक्रममा संस्थाका उपाध्यक्ष एवम् बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले स्वागत गरेका थिए ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुर अध्यक्ष एवम् प्रतियोगिताकी निर्णायक संयोजक कल्पना श्रेष्ठ, हातेमाले बचत तथा ऋण सअकारी संस्था हेटौंडाका अध्यक्ष हरिप्रसाद पौडेल, राष्ट्रिय सहकारी बंैक बागमती प्रदेश कार्यालय प्रमुख रामेश्वर अर्याल, साहित्य संगम मकवानपुरका अध्यक्ष डि.बि. बर्तौला, सचिव मनोज पोखरेल, नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडाका ईञ्चार्ज बिदुर खड्का, निर्णायकहरु सुवास खनाल, बिश्वनाथ सञ्जेल, लगायतको आतिथ्यता रहेको थियो ।
सहकारी संस्थाले हरेक बर्ष साउन २४ गते स्थापना दिवसको अवसरमा बिभिन्न रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने क्रममा यो बर्ष माध्यमिक तह बिद्यालय स्तरीय वक्तृत्वकलामा प्रतियोगिता आयोजना गरिएको संस्थाका ब्यवस्थापक बद्रीप्रसाद भण्डारीले बताए ।
सहकारी संस्थाको मूख्य कार्यालय सहित एक सेवा केन्द्र मार्फत हेटौंडा उपमहानगरपालिका सहित बकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिका कार्यक्षेत्रमा २ हजार ५ सय ९२ जना सदस्यहरु माझ सहकारी गतिबिधि सञ्चालन गर्दै आएको छ । संस्थामा ४ महिला र २ जना पुरुष सहित ६ जना कर्मचारी सेवारत छन् ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg