Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

जात्रा समापन संगै इन्द्रायणी चौर सफा गरियो।

FB_IMG_1765283501796-1765283573.jpg

थाहा नगरपालिका, – इन्द्रायणी जात्राको समापनसँगै आज इन्द्रायणी चौरमा सरसफाइ अभियान सञ्चालन गरिएको छ। जात्रामा रहेका व्यापारिक स्टलबाट निस्किएको फोहोरको व्यवस्थापन थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको नेतृत्वमा नगर प्रहरी, इलाका प्रहरी कार्यालय, इन्द्रायणी भगवती कालाभैरव गुठी, इन्द्रायणी बस्ती, र पालुङका स्थानीय युवाहरूको सक्रिय सहभागितामा गरिएको थियो।
सरसफाइ कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, प्रशासन महाशाखा प्रमुख नवीन खालिङ, लेखा शाखा प्रमुख अमर जिसी, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख रुक्सा बज्राचार्य, उद्योग वाणिज्य संघ थाहाका उपाध्यक्ष सुरेन्द्रमान प्रधान, इन्द्रायणी भगवती गुठिका अध्यक्ष श्यामभक्त श्रेष्ठ, नगर प्रहरी प्रमुख किरण गिरी, पत्रकार शम्भु अधिकारी, तथा औद्योगिक शान्ती नेपालका अनित बिष्ट लगायतका प्रमुख व्यक्तिहरूको उपस्थिति रहेको थियो।
सरसफाइ अभियानमा जुटेका समुदायका सदस्यहरूले जात्रामा निस्केका फोहोरलाई नगरपालिकाको डम्पिङ साइटमा व्यवस्थापन गरेका थिए । यस क्रममा, तीन दिनसम्म चलेको मेलामा हजारौँ भक्तजनहरूले इन्द्रायणी जात्राको अवलोकन गरेका थिए। इन्द्रायणी जात्रा प्रत्येक ३ वर्षमा एकपटक लाग्ने परम्परा रहेको छ।
थाहा नगरपालिकाको प्रमुख बिष्णु बिष्टले भने, “आजको सरसफाइ अभियानले नगरको स्वच्छता र जनचेतनामा नयाँ दिशा दिएको छ। समुदायको सक्रियताले यो अभियानलाई सफल बनाएको छ।”
इन्द्रायणी जात्राले थाहा नगरको सांस्कृतिक धरोहरलाई अझ मजबुत बनाएको छ र आगामी वर्षमा यो परम्परालाई अझ मजबुतीका साथ निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो।

FB_IMG_1765283462831-1765283573.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg