himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

जलाशय संरक्षणमा स्थानिय समुदायको भुमिका महत्वपुर्ण हुन्छ :-जिसस प्रमुख घलान

1709183332013-1709183355.jpg

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले जलाशय र मत्स्य संरक्षणको लागि स्थानिय समुदायको भुमिका महत्वपुर्ण रहेको बताउनुभएको छ । उहाँले आज प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवम् संरक्षण केन्द्रले हेटौंडाको आयोजनामा गरेको सरोकारवालासँग अन्तर्कृया कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । 
उहाँले जलचर प्राणीहरुको संरक्षणकासंगै पारिस्थितिक प्रणालीको पनि सुरक्षाम सचेतना ल्याउनको लागि सरोकार पक्षसँग हुने अन्तर्कृया कार्यक्रमहरु थप जोड दिन आवश्यक रहेको औंल्याउनुभयो । उहाँले स्थानीय समुदायमा चेतनाको कमिको कारण बिष प्रयोग गरेर माछा मार्दा खोलाको पारिस्थितिक प्रणाली संगै मानविय स्वास्थ्यमा समेत असर पर्ने गरेको बताउनुभयो । चेतनको स्तर विकास गर्न सकेका जलचरसंगै जिविकोपार्जनमा पनि सहजता आउने उहाँको भनाई छ  । जलचर सम्बन्धमा बनेका ऐन नियमहरुको संशोधन साथै कडाइका साथ लागू हुनुपर्ने उहाँको तर्क रहेको छ ।
कार्यक्रममा बोल्दै बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले स्थानिय स्तरमा कानुन कार्यान्वयनको लागि पहल गरिने बताउनुभयो । उहाँले स्थानिय जनताले यस विषयमा नबुझेको कारणले पनि संरक्षणमा समस्या भएको जनाउनुभयो । प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवम  संरक्षण केन्द्रले पालिकातहमा जनचेतना सम्बन्धी कार्यक्रममा सहयोग गरेमा सहकार्यको लागि तयार रहेको उहाँको भनाई छ । 
कार्यक्रम प्राकृतिक जलाशय मेन्द्रिय मत्स्य प्रवद्र्धन एवम संरक्षण केन्द्र बालाजुकी प्रमुख सरिता गौतममा संघ, प्रदेश तथा स्थानिय सरकारको भुमिका,जलाशय  मत्स्य अनुसन्धान केन्द्र बेगनास पोखराका प्रमुख डा.ईकवाल हुसेनले प्राकृतिक जलाशयमा जलिय जैविक विविधता प्रबद्र्धनमा अनुसन्धनात्मक उपलब्धी तथा भुमिका, कृषि तथा वन विज्ञान बिश्वबिद्यालय रामपुरका राहुल रन्जनले प्राकृतिक जलाशय उपभोग, संरक्षण तथा प्रबद्र्धनमा अनुसन्धानात्मक उपलब्धी तथा भुमिका र मत्स्य प्रबद्र्धन एबम् संरक्षण केन्द्र हेटौंडाका प्रमुख सरोजकुमार यादबले प्राकृतिक जलाशयमा जलिय जैविक विविधता संरक्षण एबं प्रबद्र्धनका लागि गरिएका प्रयासको बिषयमा जम्मा चार वटा कार्यत्रपहरु प्रस्तुत गरिएको थियो  ।
स्थानिय सरकार नै संरक्षण र प्रबद्र्धनको संबाहक हो 
मत्स्य प्रबद्र्धन एबम् संरक्षण केन्द्र हेटौंडाका प्रमुख सरोजकुमार यादबले स्थानिय सरकार नै संरक्षण र प्रबद्र्धनको संबाहक रहेको बताउनुभएको छ । उहाँले आफ्नो कार्यालयमा जनशक्तीको अभाव र ७७ वटै जिल्लामा कार्यक्रम गर्नुपर्ने बाध्यता रहेको बताउदै कार्यान्वयनमा स्थानिय सरकारको सहयोग र भुमिका महत्वपुर्ण रहेको बताउनुभएको हो ।
  कार्यालय प्रमुख यादबले माछा लगाएत जलचरको संरक्षण र प्रबर्दन गर्दै जलमा आश्रित स्थानिय समुदायको समृद्धीको लागि तीनवटै तहका सरकारसंग मिलेर काम गरिने समेत बताउनुभयो ।
 कार्यक्रममा मत्स्य प्रबद्र्धन एबम् संरक्षण केन्द्र बालाजुकी प्रमुख सरिता गौतमले कार्यक्रममा उपस्थित माझी समुदायलाई माछा मार्ने कार्यसंगै माछा जोगाउने र प्रबद्र्धन गरेर कालान्तरसम्म आत्मनिर्भर बन्नको लागि सुझाउनुभयो । उहाँले खोलामा अनाधिकृत कार्य गरेर माछा मारेको पाइएमा जस्ले देखेपनि उजुरी गरेर कारबाही गर्ने दायिस्व निर्बाह गर्न समेत सुझाउनुभयो ,
 कार्यक्रममा बोल्दै बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले माछा प्रबद्र्धर गर्दै स्थानियको जिविकोपार्जनमा टेवा पु¥याउन तयार रहेको जनाउनुभयो ।
कार्यक्रममा कार्यक्रमका अध्यक्ष यादबले नेपालमा जम्मा २ सय ५२ जातको माछा रहेकोमा २ सय ३६ जात स्थानिय र १६ वटामात्र आयातित रहेको समेत जनाउनुभयो । कार्यक्रममा संघ, प्रदेश, स्थानिय सरकार र माझी समुदायको समेत सहभागिता रहेको थियो ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg