Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

जलाधार क्षेत्रमा बर्षा संगै कुलेखानीको सतह बढ्यो

FB_IMG_1720360173631-1720360194.jpg

फाइल तस्विर

जलाधार क्षेत्रमा भारी वर्षा भएकाले कुलेखानी जलाशयमा पानीको सतह २४ घन्टामा करिब साढे ८ मिटर बढेको छ । जलाधार क्षेत्रमा शुक्रबार रातीदेखि शनिबार अपरान्हसम्म अविरल वर्षा भएकाले २४ घन्टामै जलाशयमा साढे ८ मिटर पानी संकलन भएको हो ।

शुक्रवार बेलुका कुलेखानी जलाशयको सतह १ हजार ४ सय ८५ दशमलब ६६ मिटर थियो भने शनिवार वबेलुका १ हजार ४ सय ९३ दशमलब ३५ मिटर पानीको सतह थियो ।

दामन, पालुङ, चित्लाङ,मार्खु,फाखेल,वज्रवराहीलगायत जलाधार क्षेत्रमा शुक्रवार रातीदेखि भारी वर्षा भएकाले २४ सै घन्टामा जलाशयको सतह साढे ८ मिटर वढेको कुलेखानी प्रथम जलविद्युत् केन्दका प्रमुख तारादत्त भट्टले भने,‘शनिबार दिउँसो प्रतिघन्टा ३०,३५ सेन्टिमिटर पानीको सतह बढेको थियो ।’ आइतबार जलाधार क्षेत्रमा वर्षा नभएकाले जलाशयमा प्रतिघन्टा १० सेन्टिमिटर पानीको सतह वढेको कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जनाएको छ । नेपाल विद्युत प्राधिकरणको ‘व्याकअप’को रुपमा रहेको कुलेखानी जलाशयको सतह यो वर्ष १ हजार ४ सय ८३ दशमलव ८६ सेन्टिमिटरसम्म झरेको थियो । सुख्खायाममा दैनिक झण्डै एक मिटर नै पानीको सतह घट्ने गरी कुलेखानी सञ्चालन गरिएको थियो ।

विद्युत् आपूर्ति सन्तुलन गर्न र विद्युत् अधिक माग भएको समयमा तथा भोल्टेज तलमाथि हुँदा विद्युत् वितरण प्रणाली व्यवस्थित गर्न कुलेखानी जलविद्युत् आयोजना सञ्चालन गर्ने गरिन्छ । विगत २ दिनदेखि कुलेखानी सञ्चालनमा ल्याइएको छैन । तीन सय मिटर चौडाई र सात किलोमिटर लम्वाई रहेको कुलेखानी जलाशय वर्षायाममा भर्ने र सुख्यायाममा विद्युत् उत्पादन गर्न पानी खपत गर्ने गरिन्छ ।

कुलेखानी जलाशयको सतह घटेपछि ६० मेगावाट उत्पादन क्षमताको आयोजनाले १० मेगावाट मात्र विद्युत उत्पादन गर्ने गरी सञ्चालन गरिएको थियो । जलाशयको पानीको सतह एक हजार ४ सय ८४ मिटरवाट तल झरेपछि १० मेगावाटमात्र विद्युत् उत्पादन गरिएको थियो ।

कुलेखानी जलाशयमा संकलन गरिएको पानी एक हजार ४ सय ८३ मिटर सतहमा झरेपछि विद्युत उत्पादनका लागि पानी प्रयोग गर्न सकिँदैन। कुलेखानी जलाशयमा एक हजार ५ सय ३० मिटर पानी संकलन गर्न सकिन्छ । २०७२ सालको भुकम्पले जलाशयको ड्यामको केही भाग चर्केकाले सकेसम्म एक हजार ५ सय २७ मिटर भन्दाबढी पानीको संकलन गर्दा बढी जोखिम हुने प्राविधिकहरुले बताएका छन् । जसले गर्दा गत वर्ष एक हजार ५ सय २७ मिटर पानी संकलन गरिएको थियो ।

एक हजार ५ सय ३० मिटर पानी जलाशयमा संकलन हुँदा ४७ मिटर संकलित पानी विद्युत् उत्पादनमा लागि प्रयोग गर्न सकिन्छ भने एक हजार ५ सय २७ मिटरमात्र पानी संकलन भएको अवस्थामा ४४ मिटरमात्र पानी विद्युत उत्पादनका लागि उपयोग गर्न सकिन्छ ।कुलेखानी प्रथमबाट ६० दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी एक सय ६ मेगावाट विद्युत् उत्पादन हुनेगर्छ । कुलेखानी जलाशयमा संकलन गरेको पानीबाट तीन वटै आयोजनाले विद्युत् उत्पादन गर्छन् । ईकान्तिपुरमा खवर छ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg