pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

जयराम रायमाझीले जिते स्लो वाइक रेसको उपाधी ,भरत रत्न छात्रवृत्ति कालीका प्राविका विद्यार्थीलाई

jc3-1668140054.jpg

पालुंग जेसीजले आयोजना गरेको जेसीज सप्ताह अन्तर्गत २४ गते विविध कार्यक्रम गरेको छ |सप्ताहको दोश्रो दिन जनकल्याण माबीमा "लागुपदार्थ दुर्व्यसनी विरुद्ध जनचेतनामूलक कार्यक्रम तथा ट्राफिक नियम सम्बन्धि सचेतना "कार्यक्रम सम्पन्न गरेको छ|

पालुंग जीसीज बर्ष २०२२ का शाखा अध्यक्ष जयराम खत्रीको अध्यक्षता तथा २००५ का अध्यक्ष तथा जनकल्याण माविका प्रअ सानोभाई कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र पालुंगका अध्यक्ष धर्मलाल प्रधान जेसीज वर्ष २०२२ का बोर्ड सल्लाहकार मनोज रायमाझी ,इलाका प्रहरी कार्यालय पालुंगका प्रमुख दुर्गा खनाल,मूल कार्यक्रम संयोजक संजय गोपाली,कार्यक्रम संयोजक अजय कार्की महासचिव निरज रायमाझी लगायतका उपस्थिती रहेको थियो

कार्यक्रममा जनकल्याणमा अध्यनरत ११ र १२ का छात्रछात्रा हरुलाई ईलाका प्रहरी कार्यालयका प्रमुख दुर्गा खनालले थाहा नगर भित्र लागपदार्थ दुर्व्यसनीहरुको अवस्था र न्यूनीकरणको उपाय बारे प्रशिक्षण दिदै ट्राफिक नियम सम्बन्धि जानकारी दिनुभएको थियो |

तेस्तै हिजै भएको अर्को कार्यक्रम "भरत रत्न छात्रवृत्ति" अन्तर्गत थाहा १ खानिगाउमा रहेको कालिका प्राविका १ देखि ५ सम्म अध्ययन गर्ने विधार्थीहरुलाई कार्यक्रम सौजन्य गर्नुहुने रत्न गोपालीले प्रदान गर्नुभयो | छात्रवृत्ति वितरण कार्यक्रममा वडा न १ का अध्यक्ष हेरमान गोपालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा २०२२ का निवर्तमान अध्यक्ष नवराज लामा,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर गोले,विद्यालयका प्रअ कल्पना केसी,वडा सदस्य अनिता वल,नेपाली कांग्रेस थाहा १ का सभापति रुपचन्द्र गोपाली लगायत् उपस्थिति रहेको थियो दिपेन्द्र केसी संयोजक रहेको छात्रवृत्ति कार्यक्रममा वक्ता हरुले धन्यवाद सहित कार्यक्रम सफलताको शुभकामना दिदै यस्ता कार्यक्रमको निरन्तरताको लागि आग्रह गरेका थिय |

तेसैगरी जेसीज सप्ताहको अर्को कार्यक्रम साझ ओखरवजारमा स्लो बाइक रेस प्रतियोगिता भएको छ ,उक्त प्रतियोगितामा निर्धारित दुरी १ मिनेट १२ सेकेन्डमा पुरा गरी १६ प्रतियोगिलाई पछी पार्दै  थाहा ४ का जयराम रायमाझी प्रथम हुन् सफल भए प्रथम भएका रायमाझीलाइ टाइम्स अटो हब होन्डा द्वारा पुरस्कार प्रदान गरीयो २०२२ का अध्यक्ष जयराम खत्रीको अध्यक्षता तथा जेसीज २०१४ का अध्यक्ष प्रदिप प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक प्रकाशचन्द ठकुरीले कार्यक्रम सफल बन्नाउँन सहयोग गर्नेलाई धन्यवाद व्यक्त गरेका थिय | सम्पुर्ण कार्यक्रम हरुलाइ बर्ष २०२२ का महासचिव निरज रायमाझीले संचालन गरेका थिय |

सप्ताह अन्तर्गत २५ गते जेसीज इन स्कुल पालुंग क्याम्पस तथा वक्तित्वकला प्रतियोगिता जनाकल्याण,तथा जेष्ठ नागरीक सेवा केन्द्रलाई आर्थिक सहयोग कार्यक्रम रहेको महासचिव निरज रायमाझीले जानकारी दिए

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...