himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

जनप्रतिनिधि र प्रेस सेन्टरबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

1708853499204-1708853524.jpg

ललितपुर । प्रेस सेन्टर नेपाल ललितपुर जिल्लाले नेकपा (माओवादी केन्द्र) निकट ललितपुर जिल्लाका स्थानीय तहका जनप्रतिनिधि बीच अन्तरक्रिया सम्पन्न भएको छ ।
शनिवार ललितपुरमा प्रेस सेन्टरको आयोजना र माओवादी केन्द्रको समन्वयमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । ‘जनप्रतिनिधिसंग प्रेस सेन्टर’ विषयक उक्त कार्यक्रममा माओवादी नेता, जनप्रतिनिधि र पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्देश्य अनुसार प्रेस र जनप्रतिनिधि विषयक दुई कार्यक्रम अन्तरक्रियामा प्रस्तुत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा माओवादी केन्द्र प्रचार विभागका सहइन्चार्ज महेश्वर दाहालले ‘सामाजिक सञ्जालको प्रयोग र प्रचार युद्ध’ विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । दाहालले सामाजिक सञ्जालको सही सदुपयोग गर्न आग्रह गर्दै नागरिक पत्रकारितालाई भरपुर प्रयोग गर्नु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘वेभ साइटहरु, ब्लगहरु र सामाजिक सञ्जालहरु प्रयोग गरेर जनताले जनतालाई नै सूचित गर्ने अभ्यास नागरिक पत्रकारिता हो, जसको व्यवस्थित जग दक्षिण कोरियाबाट भएको हो ।’ अहिले विश्वभरी इन्टरनेटले लाखौं समाचार साइट र ब्लगहरु निर्माण गरेको छ, सहभागितामूलक पत्रकारिता भनिएको बताउनु भयो ।
यसैगरी प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष तथा अग्रज पत्रकार भवानी बरालले प्रेस र जनप्रतिनिधिको भेट शीर्षकमा दोस्रो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । बरालले सामाजिक सञ्जाल नयाँ मिडिया र आमसञ्चारका विविध विषयमा गम्भीर ध्यानाकर्षण प्रस्तुत गर्नु भएको थियो । विद्युतीय माध्यमको प्रयोगको सकारात्मक नकारात्मकक पक्षमा प्रकाश पार्नु भएको थियो । बरालले लोकतन्त्रको रक्षार्थ पत्रकारिता खरो उत्रनु पर्ने विषयमा पनि जोड दिनु भएको थियो । लोकरिझ्याँइ (डेमागग) प्रवृत्तिले प्राप्त लोकतन्त्रमाथि गरी रहेको हमला विरुद्ध उभिने साहस देखाउनु आजको आवश्यकता हो भन्नु भयो । युनेस्कोले सन् २०२२ मे ३ विश्व प्रेस स्वतन्त्रताको अवसरमा अगाडि सारेको थिम ‘प्रविधिको घेरबन्दीमा पत्रकारिता’ विषयलाई व्यापक छलफलमा लैजान आग्रहसमेत गर्नु भयो ।
कार्यक्रममा महालक्ष्मी–६  का वडा अध्यक्ष धर्म महर्जनले वडामा धेरै राम्रो काम गरेको तर पार्टी संगठनले सहयोग नगरेको दुखेसो पोख्नु भयो ।
ललितपुर–२१ का वडाध्यक्ष रविन्द्र महर्जनले आफ्नो वडामा पत्रकारहरु आएर विकास निर्माणको बारेमा समाचार लेख्न आग्रह गर्नु भयो ।
कोन्ज्योसोम–५ का वडाध्यक्ष विजय लामाले राजधानीको कर्णालीको रुपमा वर्षौ दुख खेपेको बताउनु भएको थियो । तर अहिले भारदेउ राजधानीको नजिकको पर्यटक स्थल रहेको बताउँदै सो बारेमा उजागार गर्न पत्रकारलाई आग्रह गर्नु भयो ।
वागमती–५ इकुडोलका नवराज तिमल्सिनाले यस्तो कार्यक्रम पालिका स्तरसम्म लैजान अनुरोध गर्नु भयो ।
माओवादी केन्द्र वागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले वडामा बसेर बजेट निर्माण गर्ने कामलाई आफुले बजेट विनियोजन गर्ने आश्वासन र पहल गर्ने बताउनु भयो ।
प्रेस सेन्टर ललितपुरका अध्यक्ष रामहरि कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो ।
उक्त कार्यक्रममा संविधानसभा सदस्य राजकाजी महर्जन, वागमती प्रदेश सभाका पूर्व सदस्य दिनेश महर्जन, माओवादी केन्द्र जिल्ला अध्यक्ष शिव कट्टेल, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य रामकृष्ण अधिकारी, उपत्यका प्रदेश महासचिव टेनिस रोका, प्रेस सेन्टर उपत्यका प्रदेश इन्चार्ज निर्मल ज्ञावाली, अध्यक्ष नवराज दाहाल तथा जनप्रतितिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

1708853502716-1708853540.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg