Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

जनतालाई सेवा दिने विषयमा गम्भिर हुनपर्छ : मन्त्री मोक्तान

1699547030062-1699547049.jpg

सिम्रन खड्का
हेटौंडा २३ कात्तिक/नेकपा माओबादी केन्द्रको केन्द्रिय सदस्य एवम् बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले जनतालाई सेवा दिने विषयमा गम्भिर भएर लाग्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो । 

मन्त्री मोक्तानले मर्यादित र जिम्मेवार भएर जनताको सेवामा लाग्न कर्मचारीलाई आग्रह गर्नुभयो ।

बिहिबार हेटौंडामा भएको शुभकामना आदानप्रदान सहित अन्तरक्रिया कार्यक्रममा कर्मचारीहरुले विभेदकारी ऐन सच्चाउनुपर्ने, राज्यले दिने सेवा सु्विधामा विभेद गर्न नहुने भनाइ राखेका थिए । 

नेकपा माओबादी केन्द्र निकट कर्मचारी र स्वास्थ्यकर्मी संगठनले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, नेकपा माओबादी केन्द्र मकवानपुर संयोजक तथा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, बागमती प्रदेश सभा सचिवालय सचिव पूर्ण बहादुर दर्जी, शिक्षा निर्देशनालयका निर्देशक दिपेन्द्र सुवेदी, राष्ट्रिय परीक्षा बोर्ड मकवानपुर प्रमुख कृष्ण घिमिरे, शिक्षा बिकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख दीनानाथ गौतम, प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघका केन्द्रिय उपमहासचिव अमर लामा, नेपाल राष्ट्रिय कर्मचारी संगठनका पूर्व केन्द्रिय उपाध्यक्ष  शिब प्रसाद बन्जारा, बकैया गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्री, मार्क्सवादी अध्ययन प्रतिष्ठानका केन्द्रिय सदस्य राजकुमार केसी लगायतको आतिथ्यता थियो ।

प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ को मकवानपुर अध्यक्ष जयाराम रायमाझीले संचालन गर्नुभएको कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन मकवानपुर अध्यक्ष बसन्त कुमार सिटौलाले स्वागत गर्नुभएको थियो ।

नजिकिदै गरेको नेपालीहरुको महानपर्व शुभदिपावली तथा छठ पर्वको अवसरमा बुधबार आयोजना गरिएको शुभकामना आदानप्रदान एवम् जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम राष्ट्रिय कर्मचारी महासंघ मकवानपुरका अध्यक्ष दिपक खड्काको अध्यक्षतामा भएको थियो ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg