Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

जनजाति पत्रकारहरुको पत्रकारितामा निरन्तरता जरुरी छ : जिसस मकवानपुर प्रमुख घलान

FB_IMG_1677934652383-1677934757.jpg

मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले जनजाति पत्रकारहरुको पत्रकारितामा निरन्तरता हुनु जरुरी रहेको बताएका छन् । शनिबार हेटौंडामा भएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्  आदिवासी जनजाति पत्रकारहरु पत्रकारितामा लागे पनि अन्ततः विभिन्न समस्याका कारण यस क्षेत्रबाट पलायन हुने गरेको सन्दर्भ देखिएको प्रमुख घलानले उल्लेख गरे । उनले चुनौतीहरुको न्युनिकरण गर्दै पत्रकारितामा जनजाति पत्रकारहरुको निरन्तरतामा जोड दिए । यस्तै आदिवासी जनजाति पत्रकारहरुले पत्रकारिताका समग्र विषयलाई मध्यनजर गर्दै समुदायगत विशिष्ट विषय वस्तुलाई प्राथमिकतामा राख्न जोड दिएका छन् । 

यसैगरि, कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका संस्थापक अध्यक्ष प्रताप विष्टले समाचारका विषयवस्तु समावेशी ढंगले प्रकाशन प्रसारण हुन संचार गृहको न्युज रुम (समाचार कक्ष) समावेशी हुनुपर्ने भनाई व्यक्त गरेका छन् । हालसम्मको संचार गृहहरुको न्युज रुमहरु हेर्दा समावेशी नरहेको र जसका कारण न्युजका विषय वस्तुहरु पनि समावेशी ढंगले प्रकाशन प्रसारण हुन नसकेको संस्थापक अध्यक्ष विष्टले उल्लेख गरे । 

यस्तै, आदिवासी जनजाति समुदायका सवाल र विषयवस्तु आदिवासी जनजाति पत्रकारहरुले नै  उठान गर्दा प्रभावकारीता बढ्ने भन्दै संस्थापक अध्यक्ष विष्टले हाल पहिचानको मुद्दा ओझेल पर्दै गएको देखिएको उल्लेख गर्दै यसलाई थप सशक्त रुपमा उठान गर्ने वातावरण निर्माणमा फोनिज आवद्ध संचारकर्मीहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने विचार व्यक्त गरे । 

कार्यक्रममा बोल्दै आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङले आदिवासी जनजाति पत्रकार संगठन र जनजाति महासंघबीच निकटको सम्बन्ध रहेको उल्लेख गरे । जनजाति पत्रकारहरुले आदिवासी जनजाति समुदायको आवाजको रुपमा भूमिका खेलिरहेको उल्लेख गर्दै आगामी दिनमा उक्त भूमिका सशक्त बन्दै जाने विचार व्यक्त गरेका छन् । 

यस्तै, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगरले हालको सन्दर्भमा आदिवासी जनजाति पत्रकारहरुले आर्थिक लगायत विभिन्न चुनौतिहरुको सामना गर्दै पत्रकारितामा निरन्तरता दिइरहेको स्थिति रहेको उल्लेख गरेका छन् । स्थानीय तहहरुमा रहेको आदिवासी जनजाति जनप्रतिनीधिहरुले फोनिज संगठनहरुलाई थोरै मात्रामा आर्थिक एवम् भौतिक सहयोगका कार्यक्रममा जोडिन सकिए स्थिति सहज हुनसक्ने महासचिव सारु मगरले विचार व्यक्त गरेका छन् । 

भेलाको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति उपाध्यक्ष सम्झना कार्की, महासंघ मकवानपुरका पूर्व अध्यक्ष भानुभक्त आचार्य, प्रेस चौतारी नेपाल, मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, फोनिज केन्द्रबाट सुरेश क्षेष्ठ, फोनिज केन्द्रीय पार्षद सुवर्णलाल श्रेष्ठ, समाजवादी प्रेस संगठन मकवानपुरका उपाध्यक्ष जी न्यौपाने, थारु कल्याणकारी सभा मकवानपुरका सचिव चन्द्रकान्त चौधरी लगायतको उपस्थिति थियो । 

कार्यक्रम फोनिज मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठको अध्यक्षतामा भएको हो ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg