Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

शिक्षा

जनकल्याण माध्यमिक विद्यालयका १३ विद्यार्थीलाई ‘झलकचन्द्र शिक्षा ज्योती’ छात्रवृत्ति प्रदान

20260313_123150-1773406121.jpg

थाहा नगरपालिका स्थित जनकल्याण माध्यमिक विद्यालयका १३ जना विद्यार्थीलाई ‘झलकचन्द्र शिक्षा ज्योती छात्रवृत्ति’ प्रदान गरिएको छ। विद्यालयमा कक्षा १०, ११ र १२ मा प्राविधिक तथा साधारण संकायमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई उक्त छात्रवृत्ति प्रदान गरिएको हो।
विद्यालयका संस्थापक अध्यक्ष स्वर्गीय झलकचन्द्र बिष्टको स्मृतिमा उनका छोरा सुवासचन्द्र बिष्टले स्थापना गरेको अक्षयकोषबाट प्राप्त ब्याज रकमबाट छात्रवृत्ति वितरण गरिएको विद्यालयले जनाएको छ। बिष्टले आफ्ना बुबाको सम्झनामा ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्, जसबाट हरेक वर्ष विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आइएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिव कुमार स्याङ्तानको अध्यक्षतामा सम्पन्न छात्रवृत्ति वितरण कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रवक्ता हिरेन्द्र कुमार रायमाझी, झलकचन्द्र शिक्षा ज्योती कोषका अध्यक्ष सुवासचन्द्र बिष्ट, कोषका सचिव बिमलकुमार बिष्ट, जनकल्याण माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक सानोभाइ कार्की, प्रधानाध्यापक रामकुमार बल, शिक्षक अभिभावक संघका अध्यक्ष नवराज कार्की, जनकल्याण एल्मुनाइ एसोसिएसनका सदस्य शम्भु अधिकारी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै कोषका अध्यक्ष सुवासचन्द्र बिष्टले आगामी दिनमा अक्षयकोषको रकम वृद्धि गरी अझ धेरै विद्यार्थीलाई छात्रवृत्तिको दायरामा समेट्ने योजना रहेको बताए।
विद्यालयले छात्रवृत्ति स्थापना गरी विद्यार्थीलाई प्रोत्साहन गरेकोमा बिष्ट परिवारप्रति धन्यवाद व्यक्त गरेको छ।

20260313_123006-1773406123.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg