pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

जनकल्याणमा गड्यौला मल उत्पादन गर्न तालिम सुरु।

FB_IMG_1684506268230-1684506289.jpg

थाहा नगरपालिका ३ स्थित जनकल्याण माध्यमिक विद्यालयले विद्यार्थी र स्थानीय किसानलाई अर्गानिक खेतीतर्फ आकर्षित गर्न जैविक मल बनाउने गड्यौला मल उत्पादन र प्रयोग सम्बन्धि  ४ दिने  कार्यशाला गोष्ठी तथा तालिम ५ जेठ बाट सुरु भएको छ।

किसानले खेती गर्ने समयमा मल खरिद गर्नसमेत नपाएर समस्या व्यहोर्नुपरेकाले नगर कृषि शाखाको आर्थिक सहयोगमा विद्यालयले जैविक मल गड्यौला मल  उत्पादन गरी खेतीमा उत्पादन बढाउन प्रोत्साहन गर्ने उद्देश्यले सो तालिमको आयोजना गरेको विद्यालयका अध्यक्ष राजिव कुमार स्याङ्तानले बताए ।

तालिमको उद्घाटन गर्दै थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले किसानको पक्षमा थाहा नगरले  नवीनतम योजना बनाएर अघि बढिरहेको बताए। ‘कृषि क्षेत्रको विकासको निम्ति प्राङ्गारिक, जैविक र गड्यौला मल उत्पादन गर्न यो आर्थिक बर्ष बजेटको व्यवस्थापन गर्ने  उपप्रमुख गोपालीले बताए। 

कृषि कार्यमा नै निर्भर रहेका किसानलाई उत्पादनमा व्यवसायीकरण गर्न नसकिरहेको अवस्थामा अब त्यसलाई व्यवसायीकरण गर्दै उत्पादनमा जोड दिने विषयमा पालिकाले योजना बनाएर अघि बढिसकेको उपप्रमुख भरत गोपालीको भनाइ छ। 

अहिले गाउँघरमा स्थानीयस्तरमा नै उत्पादन भएका शुद्ध कृषिउपज पाउन गाह्रो भइरहेको अवस्थामा स्वस्थ जीवन बाँच्न आवश्यक अर्गानिक कृषि उत्पादनमा जोड दिन यस्ता तालिमको आवश्यकता रहेको प्रशिक्षक डाक्टर उत्तम खनालले बताए । 

कृषि बिषय समेत अध्यापन हुने विद्यालयका विद्यार्थी ,कृषि समुहका सदस्यहरु,नगरमा कार्यरत कृषि प्राविधिक हरु समेत ६० जनाको सहभागिता रहेको तालिममा सैद्धान्तिक तथा प्रयोगात्मक रुपमा गड्यौलाको मल उत्पादन गर्ने विधि सिकाइने आयोजक विद्यालयका शिक्षक मनोज रायमाझीले जानकारी दिए।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिव कुमार स्याङ्तानको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन सत्रमा विद्यालयका सहायक प्रधानाध्यापक कृष्ण बहादुर बिष्ट ,नगर कृषि शाखाका प्राविधिक सहायक ज्ञान कुमारी भट्टराई ,प्रशिक्षक डाक्टर उत्तम खनाल लगायत शिक्षक ,विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...