himalen-2083-1778725505.jpg
Saturday, 13 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

चौँथो पटक सिजरिङबाट प्रसूति, नेपालकै दुर्लभ घटना

mahila-bachcha-1536x1152-1612783697.jpg

निकै जटिल मानिने चौँथो सिजरिङबाट नर्भिक अस्पतालमा बैतडीकी एक महिलाले स्वस्थ बच्चा जन्माएकी छन् ।

बरिष्ठ प्रशुति तथा स्त्री रोग बिशेषज्ञ एवम् ल्याप्रस्कोपिक सर्जन डा।नुतन शर्माले शुक्रवार नर्भिक अस्पतालमा बैतडीकी ३७ वर्षिय निरा बोहोराको चौथौ शल्यक्रियामार्फत प्रसूति गराएकी हुन् ।

पहिलो र दोश्रो पटक प्रसुती गृहमा सिजरिङबाट जन्मिएका बच्चाहरू खेर गएका थिए । बोहराको तेस्रो पटक पनि सिजरिङबाट बच्चा जन्मिएको थियो । तेश्रो पटक बच्चा जन्माउँदा पनि डा। शर्माले नै बोहोराको शल्यक्रिया गरेकी थिइन् ।

सामान्यतः एकपटक शल्यक्रियामार्फत प्रशुति भएमा आमा र बच्चाको स्वास्थ्यमा जोखिम हुने भएकाले अर्को पटक पनि सिजरिङबाट नै प्रशुति गराउनु सुरक्षित मानिने चिकित्सकको भनाई छ ।

‘मलाई चौथो पटक पनि सिजरिङबाट बच्चा जन्माउन सकिन्छ भन्ने थाहा थिएन । तर अहिले म साह्रै खुशी छु । दुई पटकसम्मको खेर गएको थियो ।’ उनले भनिन्, ’तेस्रो पटक बच्चा भएपछि मलाई हुँदैन भन्ने लागेको थियो । डा।नुतनको मिहिनेतले मैले दुई सन्तान पाए । उहाँ मेरा लागि भगवान जस्तै हुनुभएको छ ।’

चौथो पटक सिजरिङ गरेर बच्चा जन्मिनु नेपालको स्वास्थ्य विज्ञानको क्षेत्रमा दुर्लभ घटना रहेको डा।नुतन शर्माको भनाइ छ ।

‘सामान्यतः नर्मल डेलिभरीबाट बच्चा जन्मिनु आमाको स्वास्थ्यका लागि राम्रो हो तर गर्भावस्थामा बच्चाको स्वास्थ्य अवस्था, आमाको स्वास्थ्यमा देखिएको जोखिम जस्ता कुराको आँकलन गरेर बाध्यात्मक अवस्थामा हामीले शल्यक्रियाबाट प्रशुति गराउदँछौ ।’ डा। शर्माले भनिन्–‘तर तेस्रो पटक शल्यक्रिया भएका महिलाले बच्चा पाउन सक्दैनन् भन्ने मान्यतालाई गलत सावित गर्दै हामीले सम्भव बनाएका छौ ।’

डा। शर्माका अनुसार दुईवटा बच्चा खेर गएपछि तीन वर्षअघि उनी बच्चा जन्माउने योजना लिएर नर्भिकमा आएकी थिइन् । उनको तेश्रो बच्चा सफलतापूर्वक जन्मियो ।

‘उहाँलाई चौथो पनि जन्माउने रहर एवं पारिवारिक बाध्यता थियो ।’डा। शर्माले भनिन्,’सामान्यतया तीन पटकसम्म सिजरिङ हुन्छ । तर कतिपय अवस्थामा यो भन्दा पनि बढि हुनसक्छ भन्ने प्रमाणित भएको छ ।’

अहिले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको डा। शर्माले बताइन् ।
 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
झम्केश्वरी माबिको अध्यक्षमा राजन लामिछाने
InShot_20260612_175759649-1781275538.jpg

थाहा नगरपालिकास्थित झम्केश्वरी माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा राजन लामिछाने सर्वसम्मत हुनु भएको...

थाहा नगर बिज्ञान शिक्षक समाजको अध्यक्षमा प्रदिप केसी
InShot_20260612_185249599-1781275311.jpg

थाहामा विज्ञान शिक्षक समाज नेपाल, थाहा नगर समिति गठन गरिएको छ। जनकल्याण माविका विज्ञान शिक्षक प्रदीप केसीको...

तेस्रो नगरस्तरीय मावि विज्ञान प्रदर्शनीमा हिमालयन बोर्डिङ स्कुल प्रथम
FB_IMG_1781274988027-1781275023.jpg

थाहा, जेठ २९ । थाहा नगरपालिकाको जनकल्याण माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न तेस्रो थाहा नगरस्तरीय मावि...

सिबिआर कार्यक्रम अन्तर्गत अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान
FB_IMG_1781191624805-1781191638.jpg

थाहा नगरपालिकाले लक्षित समुदायका लागि विनियोजित बजेट कार्यान्वयनलाई तीव्रता दिएको जनाएको छ। यसैअन्तर्गत...

पालुङ प्रहरी निरीक्षक रुक्सा बज्राचार्यको सरुवा,भण्डारी आउने
FB_IMG_1781190639877-1781190715.jpg

इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक रुक्शा बज्राचार्यको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले २७...

कृषि ,पर्यटन र पूर्वाधार थाहा नगरको सम्वृद्धिको आधार !!
InShot_20260608_203816206-1780930511.jpg

नेपाल कृषि प्रधान देश हो ।अहिले पनि सर्वाधिक रोजगार एबम् जीवन वृत्ति विकासको मूल र भरपर्दो आधार कृषि नै रहेको छ ।...

कृषि ,पर्यटन र पूर्वाधार थाहा नगरको सम्वृद्धिको आधार !!
InShot_20260608_203816206-1780930428.jpg

नेपाल कृषि प्रधान देश हो ।अहिले पनि सर्वाधिक रोजगार एबम् जीवन वृत्ति विकासको मूल र भरपर्दो आधार कृषि नै रहेको छ ।...

थाहामा आइतबार विद्यालय सञ्चालन गर्ने तयारी गर्दै निजी विद्यालय
file_0000000097d87207abff-1780926574.png

संघीय सरकारको निर्देशन अनुसार आइतबार बिदा गर्न थाहा नगरपालिकाले सूचना जारीगरेपछि पठनपाठन रोकेको थाहा नगरका...

थाहा नगरले कक्षा ८ र एसइइमा उत्कृष्ट हुने विद्यार्थी ,विद्यालय र शिक्षक सम्मान गर्दै,
FB_IMG_1743048811515-1780926020.jpg

  थाहानगर/थाहा नगरपालिका शिक्षा शाखाले गत शैक्षिक सत्रमा कक्षा ८ र एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg