pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

चेतनशील महिला सहकारीको अध्यक्षमा शकुन्तला गोपाली

suku1-1672840644.jpg

थाहा नगर । चेतनशिल महिला बचत तथा ऋण सहकारी संस्थाको १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । थाहा नगर शिखरकोटको बिकास घरमा भएको साधारणसभाले शकुन्तला गोपालीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ।जस्को उपाध्यक्षमा मेरिना खत्री,सचिब प्रतिमा श्रेष्ठ ,सहसचिव मिरा खड्का ,कोषाध्यक्ष कमला बिष्ट तथा सदस्यहरु गीता बिष्ट ,सानुमैया भण्डारी ,शान्ती पाख्रीन,र मिना नेगी रहेका छन भने लेखा समिती संयोजकमा रुना खत्री,सदस्य कोपिला गोपाली,राजी बस्नेत रहेको प्रमुख निर्वाचन अधिकृत बिमल कुमार बिष्टले जानकारी दिनुभयो।

थाहा नगरपालिका ३ मा रहेको सहकारीको कार्यक्रममा प्रमुख अतिथी वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझीले सानो महिला समुहबाट शुरु भएको सहकारीले प्रगती गर्न सफल भएकोमा बधाई दिनुभएको छ ।महिला सहकारी संस्थाले समाजमा खेलेको भुमिका उल्लेख्य रहेको बताउँदै आगामि दिनमापनि वडाको तर्फबाट साथ र सहयोग रहिरहने बताउनुभयो । उहाँले स्थानिय सरकार र सहकारीले हातेमालो गर्दै समाजको बिकास र उत्थानका लागि संगसंगै अघि बढ्नुपर्ने धारणा ब्यक्त गर्नुभयो ।

कार्यक्रमका बिशिस्ट अतिथी थाहा नगरपालिका महिला तथा बालबालिका शाखाका प्रमुख प्रतिमा मोक्तानले नगरपालिकाले महिला सहकारीलाई दिदै आइरहेको चालू कोषमा वृद्धि गर्दै सीपमुलक तालिम र महिला सहकारी लाई प्राबिधिक युक्त बनाउन ५० प्रतिशतमा ल्यापटप अनुदानमा दिने कार्यक्रम रहेको बताउदै अन्य कार्यक्रममा सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो। अर्का अतिथी पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष उमेश ढकालले नगरमा महिला सहकारीको रुपमा उत्कृष्ट काॠ गरेको बताउदै ,छोटो समयमा ठुलो परिबर्तन गर्न सफल यस सहकारीले यो क्षेत्रको शाख राख्न सफल भएको छ । यो क्षेत्रको मात्र होईन देशकै शाख राख्ने गरि काम गर्नुस मेरो शुभकामना छ ‘उहाँले भन्नुभयो ।

साधारणसभामा संचालक समितिको तर्फबाट कार्यवाहक अध्यक्ष मेरीना खत्रीले संस्थाको नीति तथा कार्यक्रम सहित आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिय भने कोषाध्यक्ष राधिका रायमाझीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै हाल संस्थामा शेयर पुजि ३३ लाख,जगेडा कोषमा २० लाख रुपैयाँ तथा निक्षेप १ करोड ३४ लाख रहेको बताउदै संस्थाले वार्षिक २ करोड १८ लाख रुपैयाँको आर्थिक कारोबार गरेको प्रतिवेदन प्रस्तुत गर्नुभयो। साधारणसभाको अवसरमा जेष्ठ महिला शेयर सदस्यहरुलाइ सम्मानित गरियो सम्मानित हुनेमा मिनु बिष्ट ,सान्नानी सुनार,मखमली रायमाझी ,राममाया रायमाझी ,गोमा रायमाझी ,कालीमैया वर्तौला,हेमकुमारी बिष्ट ,बुद्धमाया गोपाली,माया रायमाझी ,कृष्ण कुमारी केसी,राधिका कार्की ,कृष्ण केसी रहे भने कारोबार संचालनमा उत्कृष्ट समूह थाहा ३को शुभकामना महिला बिकास समिति ,प्रगती महिला बिकास समिति ,थाहा ३ र बालकुमारी महिला बिकास समिति थाहा ४ नारायण झ्याउ भए तेसैगरी उत्कृष्ट बचतकर्ता चमेली कार्की र भैरव प्रधान हुदा कर्जा संचालनमा उत्कृष्ट चन्द्रावती रायमाझी भए।

संस्थाका उपाध्यक्ष मेरिना खत्रीको अध्यक्षतामा सम्पन्न साधारणसभामा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष अरुण रायमाझी ,संस्थाका पुर्व अध्यक्ष कबिता बिष्ट ,लालीगुरास महिला बहुउद्देश्यीय सहकारीका अध्यक्ष रिता प्रधान,दिव्यतारा बहुउद्देश्यीय सहकारी पालुङ सेवा केन्द्रकी व्यवस्थापक राममाया खत्री,कुण्डलदेवी बहुउद्देश्यीय सहकारीका व्यवस्थापक राजन मिश्र,फरक सोचका अध्यक्ष यादव रायमाझी ,दामन चेली समाजका अध्यक्ष जयन्ती रायमाझीले शुभकामना मन्तव्य दिनुभएको थियो। कार्यक्रम लाई संस्थाका व्यवस्थापक शकुन्तला गोपालीले संचालन गरेका थिय।

 

 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...