himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

चित्लाङमा २५ शैयाको अस्पताल बन्ने,पाँच सय किलोवाटको सौर्य ऊर्जा र ६ सय किलोवाटको पम्प स्टोरेज प्लान्ट पनि स्थापना गरिदै

chitlang-1690549193.png

थाहानगरको  चित्लाङमा २५ शैय्याको अस्पताल निर्माण हुने भएको छ । चित्लाङ स्थित निर्माणाधिन मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय परिसरमा अस्पताल निर्माणको प्रस्ताव परेपछि अस्पताल बन्ने भएको हो । विश्वविद्यालयको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी समेत भएको छ । प्रस्ताव पारित भए पश्चात् अस्पताल निर्माणको समेत बाटो खुल्नेछ । 
विश्व विद्यालयको प्रस्तावित आयोजनामा अस्पताल सहित शैक्षिक भवन, कम्युनल भवन, ६ सय ७ कर्मचारीका लागि आवास, ४० कोठाको अतिथि भवन, विद्यालय र सडक निर्माण हुने छ । प्रतिवेदन अनुसार आयोजना क्षेत्रमा, खानेपानी आपूर्ति तथा ढल निकास, बिजुली आपूर्ति, विद्युत् र सञ्चार सञ्जाल रहने छन् । 
आयोजना निर्माणपछि स्थानीयस्तरमा अधिक रूपमा सकारात्मक प्रभाव पर्ने देखिएको छ । प्रस्तावित आयोजना पूरा भएपछि दक्षता, सिप र क्षमता अनुसार रोजगारी सिर्जना, पहुँच सडक, विद्यमान सडकको स्तरोन्नति÷सुधार हुने विश्वास गरिएको छ । यस्तै स्थानीय आर्थिक गतिविधिमा वृद्धि र स्थानीय सरकारलाई राजस्व संकलनको अवसर पनि मिल्ने देखिएको छ । 
चित्लाङमा आयोजनाले विश्वविद्यालयमा आवश्यक पर्ने पानीका लागि आकासे पानी संकलन र जमिनमुनिको पानीमा निर्भर हुने, विश्वविद्यालयबाट निस्कने मलमूत्रबाट बायोग्यास निकाल्ने, फोहोर पानी प्रशोधन गर्ने तथा पाँच सय किलोवाटको सौर्य ऊर्जा र छ सय किलोवाटको पम्प स्टोरेज प्लान्ट स्थापना गरिने भएको छ । प्रस्तावित आयोजनालाई आवश्यक ५० दशमलब ५२ हेक्टर जमिनमा हाल घाँसे मैदान, नास्पाती खेती तथा वन रहेकोमा आयोजनाको निर्माणसँगसँगै उक्त जमिन भवनमा परिणत हुने छ । इ आइ ए प्रतिवेदनका लागि आएका सुझावहरूसहित प्रतिवेदनलाई थपघट गरी अन्तिम रूप दिने विश्वविद्यालयका कन्सल्टेन्ट सञ्जयनाथ खनालले बताउनु भयो । थाहा नगरपालिका वडा नम्बर ९ को चित्लाङमा विश्वविद्यालयको भौतिक संरचना निर्माणाधीन छ । यस आयोजनाको निर्माण लागत ४९ अर्ब रुपियाँभन्दा बढी रहेको छ ।
 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg