Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

शिक्षा

चम्पेश्वर आधारभूत विद्यालयको ६४औँ वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

FB_IMG_1769603912117-1769604010.jpg

थाहा नगरपालिका– थाहा १० बिशिन्खेलमा अवस्थित चम्पेश्वर आधारभूत विद्यालयको ६४औँ वार्षिक उत्सव तथा अभिभावक भेला थाहा नगरपालिका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।
१४ माघमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विनोद सुवेदीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनका लागि तय गरिएका भावी रणनीतिहरूको बारेमा जानकारी गराउनुभयो।
त्यसैगरी शिक्षक प्रतिनिधि रामजी उप्रेतीले विद्यालयमा शिक्षकहरूले गरेका शैक्षिक तथा सह–पाठ्यक्रम सम्बन्धी प्रयासहरूबारे प्रष्ट पार्नुभएको थियो।
उत्सवको अवसरमा शिक्षक सम्मान कार्यक्रमसमेत आयोजना गरिएको थियो भने विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। पुरस्कारका प्रयोजकहरूमा पूर्व विद्यार्थी बैकुण्ठ थापा आशिष्, रबिन गमाल, नगद पुरस्कारका लागि सुजन गमाल तथा निवर्तमान वडा सदस्य रामकृष्ण गमाल रहनुभएको थियो।
कार्यक्रमको सभाध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष नविना गोपालीले गर्नुभएको थियो। अभिभावक भेलाले विद्यालय र अभिभावकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

FB_IMG_1769603916051-1769604010.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg