pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

चम्पेश्वर आधारभुत विद्यालयको ६३ औं वार्षिकोत्सव सम्पन्न

FB_IMG_1737988039749-1737988070.jpg

थाहा १० बिसिङ्खेलमा रहेको चम्पेश्वर आधारभुत विद्यालयले आफ्नो ६३ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिन्द्र बहादुर थापाकोको अध्यक्षतामा ६३ औ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम स्कुल प्राङ्गणमा सोमबार सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टले सामुदायिक विद्यालयको उचित ब्यवस्थापन गरि ब्यावहारिक तथा रोजगार मूलक शिक्षामा लाग्न जोड दिए । बिष्टले सामुदायिक विद्यालयलाई अगाडी बढाउन आफ्नो तथा नगरपालिकाको तर्फबाट हर कदम सहयोग गर्न तयार रहेको बताउँदै गुणस्तरीय शिक्षाका लागी स्थानीय सरकार लागिरहेको भन्दै उनले त्यसमा अभिभावक, शिक्षक, विद्यार्थीहरु सबै लागी गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा विद्यालयको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रधानाध्यापक बिनोद सुवेदीले प्रस्तुत गर्नु भएको थियो ।
सुवेदीले विद्यालयमा १ सय १५ जना विद्यार्थीहरुले अध्ययन गरिरहेको, विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय तथा विभिन्न संस्था तथा ब्यक्तिहरु तथा नगरपालिकाले सहयोग प्रदान गर्दै आएको बताए।उनले विद्यालयको समग्र अवस्थाबारे प्रकाश पारे ।
यसैबीच विद्यालयका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार तथा पुर्व विद्यार्थी बैकुण्ठ थापा र पुर्व जनप्रतिनिधि रामकृष्ण गमालले उपलब्ध गराएको शैक्षिक सामाग्री  प्रदान गरिएको थियो।
कार्यक्रममा थाहा नगरपालिका शिक्षा शाखा अधिकृत सुर्य बहादुर थिङ,विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष रमेश मगर,पुर्व विद्यार्थी तथा राष्ट्रिय स्वतन्त्र पार्टी र्याट बिभाग प्रमुख बैकुण्ठ थापा,पुर्व जनप्रतिनिधि रामकृष्ण गमाल,नाट्यश्वर माबिका प्रधानाध्यापक धर्मेन्द्र अर्याल,पुर्व जनप्रतिनिधि दिपक गोपालीले शुभकामना मन्तव्य दिएका थिए।
कार्यक्रममा थाहा १० का वडा सदस्य बिनोद कुमार बस्नेत,इलाका प्रहरी कार्यालय चित्लाङका प्रहरी सहायक निरीक्षक लालमणी सिवाकोटी,टौखेल सहरी स्वास्थ्य केन्द्रका प्रमुख जोकमान बलामी,पुर्व अध्यक्ष कर्ण बहादुर गोपाली,शिक्षक अभिभावक संघका अध्यक्ष राजन थापा लगायत शिक्षक,अभिभावक,विद्यार्थी,व्यवस्थापन समितिका सदस्यहरुको उपस्थिति रहेको थियो।

 

FB_IMG_1737988021989-1737988070.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...