Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

चन्द्रागिरी हिल्सको शुल्क विरुद्ध थाहा, चन्द्रागिरी र इन्द्रसरोवरका स्थानीयहरूको विरोध प्रदर्शन

FB_IMG_1742650792599-1742653335.jpg

चन्द्रागिरी हिल्सले पुरानो बाटो हुँदै भालेश्वर दर्शन गर्न जाने पैदलयात्रीहरूबाट १०० रुपैयाँ शुल्क असुल्ने निर्णय गरेको विषयमा सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको थियो। तर, यस विषयमा अटेर गर्दै चन्द्रागिरी हिल्सले शुल्क जारी राख्ने सूचना प्रकाशन गरेको विरोधमा आज थाहा नगरपालिकाका, चन्द्रागिरी नगरपालिका, र इन्द्रसरोवर गाउँपालिका स्थानीयवासीहरू एकजुट भएका छन्।

यो विरोध प्रदर्शन कुनै राजनीतिक दलको प्रभावमा नभई, स्थानीय युवाहरूले स्वाभाविक र स्वतन्त्र रूपमा आफ्नो स्थानको मुद्दामा आवाज उठाउन जुटेका थिए। उनीहरूले चन्द्रागिरी हिल्सको शुल्कको विरोध गर्दै धार्मिक स्थलमा लगाएको शुल्क हटाउनुपर्ने दाबी गरेका छन्।

स्थानीयहरूले चन्द्रागिरी भालेश्वर मन्दिरमा पूजाआजा गर्न जान १०० रुपैयाँ शुल्क तिर्नुपर्ने कुरालाई लिएर घोर भत्सना गरेका छन्। यस विरोध प्रदर्शनमा थाहा नगरपालिका, चन्द्रागिरी नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

स्थानीयहरूले आज बिहान ११ बजे चन्द्रागिरी हिल्समा विरोध प्रदर्शन गर्दै, विभिन्न मागहरू राखेका छन्, जुन निम्नलिखित छन्:

  1. चन्द्रागिरी हिल्सले नेपाल सरकारसँग केही वर्षको लागि लिजमा लिएको जग्गा र वन क्षेत्र भोगचलन गरिरहेको विवरण सार्वजनिक गरी सीमाङ्कन गर्नुपर्ने।

  2. श्री भालेश्वर मन्दिर परिसर जाने पैदल यात्रुलाई चौबीसै घण्टा खुला राखी आवतजावतमा नियन्त्रण नगरियोस्।

  3. श्री भालेश्वर मन्दिर जाँदा प्रयोग हुने बाटोको अवैध रूपमा असुल गरिएको रकम सार्वजनिक गरी, उक्त रकम सरकारवालाको रहबरमा सोही बाटोको स्तर उन्नतिको लागि खर्च गरियोस्।

  4. चन्द्रागिरी भालेश्वर हुँदै चखेल इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ जाने बाटो सधैँ खुल्ला गरियोस्।

  5. चन्द्रगिरी हिल्सले थाहानगरपालिका, इन्द्रसरोवर गाउँपालिका र चन्द्रागिरी नगरपालिकासँग गरेको सम्झौता अनुसार स्थानीयले रोजगारसहित सेवा सुविधा प्राप्त गरेका छन् वा छैनन्, त्यसको विवरण सार्वजनिक गरियोस्। नगरिएको भए, विगतका क्षतिपूर्ति हुने गरी चन्द्रागिरी हिल्सले कोटा बढाएर रोजगारी लगायत अन्य सेवा र सुविधा प्रदान गरियोस्।

  6. वास्तविक भालेश्वर मन्दिरलाई ऐतिहासिक स्वरूपमा नराखी व्यापारिक प्रयोजनको लागि आधुनिक तरिकाले निर्माण गरी ऐतिहासिक मन्दिरलाई छायाँमा पारिएको हुँदा, उक्त मन्दिरको पुरानो मौलिकता कायम हुने किसिमले निर्माण गरियोस्।

  7. 479040290 2972779632884794 659687597374193011 n 2

 

यस विरोध प्रदर्शनले चन्द्रागिरी हिल्सको व्यवस्थापन र स्थानिय समुदायको बीचको सम्बन्धमा सुधारको आवश्यकता देखाएको छ। स्थानिय नागरिकहरूले हकहितको संरक्षण गर्दै, भविष्यमा यस्तो प्रकारका विवाद र असमानताका मुद्दाहरूको समाधानका लागि प्रभावकारी कदम चाल्नुपर्ने दाबी गरेका छन्।

यस विरोधमा थाहा नगरपालिका, चन्द्रागिरी नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका जनप्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। जनप्रतिनिधिहरूले पनि यो मुद्दालाई समाधान गर्न सबै पक्षसँग समन्वय गर्ने प्रतिवद्धता जनाएका छन्।

https://www.thahapati.com/public/images/users/406865089_360696248959133-1702431864.jpg
सिम्रन खड्का
simran@gmail.com

सिम्रन खड्का थाहापाटी अनलाईनकी रिपोर्टर हुन् । समाचार,सूचना र जानकारीका लागि सम्पर्क गर्न सक्नुहुने छ

FB_IMG_1742650555907-1742653335.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg