Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

चन्द्रगिरी थानकोट सडक ३ पटक म्याद थप्दा ५२ प्रतिशत मात्र काम
१५ महिनामा काम सक्ने गरि सम्झौता भए पनि ४ वर्ष वित्दा पनि काम अपुरो

chandragiri-sadak-2-1596253731.jpg

 

कुमार नेगी :-

मकवानपुरको चन्द्रागिरीदेखि काठमाण्डौंको थानकोटस्थित पानीघाटसम्म जोड्ने सडक स्तरीकरणको लागि ३ पटकसम्म म्याद थप्दा अहिलेसम्म ५२ प्रतिशत मात्र काम भएको छ । सडक निर्माणको काम पूरा नहुँदा स्थानीय बासिन्दाले निकै सास्ती खेप्न बाध्य भइरहेका छन् ।

थाहा नगरपालिकाको चनवनदेखि चन्द्रागिरी नगरपालिकाको पानीघाटसम्म जोड्ने गणेशमान सिँह मार्ग अन्तर्गत २२.५ किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन–डिपिआर अनुसार २०७३ सालमै दुईवटा  ठेक्का भएको थियो । तीमध्ये मकवानपुरतर्फको १४.२ किलोमिटर सडकको ठेक्का सम्झौता अनुसार ससाना कामबाहेक पिचको काम मात्र बाँकी रहेको भए पनि काठमाण्डौंतर्फको ८.३ किलोमिटर खण्डको काम अघि बढ्न नसक्दा स्थानीय जनताले सास्ती खेप्न बाध्य भइरहेका हुन् ।

चन्द्रागिरीदेखि पानीघाटसम्मको सडक स्तरोन्नतिको लागि २०७३ साउन १७ गते पिएस किराँतेश्वर जेभीसँग सम्झौता गरी काम अघि बढाइएको थियो ।

शुरुमा १५ महिनामा काम सम्पन्न गर्ने गरी सम्झौता भएकोमा सम्झौताको ४ वर्ष पूरा हुँदा पनि सम्पन्न हुन सकेको छैन । ‘अहिलेसम्म ३ पटक म्याद थपिसकेका छौं, पछिल्ला सम्झौता गएको बैशाख १५ गते सकिएको छ, अहिलेसम्म ५२ प्रतिशत काम भएको छ’, सडक विभागअन्तर्गतको चित्लाङ थानकोट सडक आयोजनाका प्रमुख विरेन्द्र गौतमले जानकारी दिनुभयो ।

नेपाल सरकारको असार अन्तिम साता बसेको मुख्य सचिबस्तरीय बैठकले कोभिड–१९ का कारण काम गर्न समस्या भएकोले निर्माण सम्पन्न हुन नसकेका ठेक्काहरुमा ६ महिना म्याद थप्ने निर्णय गरेको छ । चन्द्रागिरी–थानकोट सडकका सरोकारवालाहरु भने पुनः म्याद थपिए पनि काम सम्पन्न हुनेमा विश्वस्त हुन सकिरहेका छैनन् । मकवानपुरका प्रदेश साँसद कुमारी मोक्तानले भन्नुभयो– यही सम्झौताबाट काम होलाजस्तो लाग्दैन । बरु केही समय ढिलै भए पनि यो ठेक्का सम्झौता भङ्ग गरी अर्को ठेक्काको प्रक्रियामा जानुपर्छ ।’

सडक चौडा गर्ने, काट्ने, ठाउँठाउँमा पर्खाल निर्माण गर्ने लगायतको काम गर्नेगरी भएको सम्झौताबमोजिम काम शुरु गरेको पिएस किराँतेश्वर जेभीले भने आयोजना कार्यालय, स्थानीय बासिन्दा र सरोकारवालाले सहयोग नगरेको कारण निर्माण कार्यले गति लिन नसकेको गुनासो गरेको छ । उक्त कम्पनीका प्रतिनिधि सनक सिं राईले भन्नुभयो–‘सडक खन्दा निस्किएको ढुङ्गा–माटो थुपार्ने ठाउँ छैन । ढुङ्गा बेच्न पनि पाइएको छैन ।’

सडक चौडा पार्ने क्रममा निस्किएको ढुङ्गा विक्री गर्न वन कार्यालयले छुट्टै टेण्डर आव्हान गरेको थियो । यसको ठेक्कासमेत पाएको पिएस किँरातेश्वरले ढुङ्गाकै व्यवस्थापन गर्न नसक्दा सडकको काम गर्न नसकेको बताएको छ ।

वन कार्यालयले टेण्डर गरेको ढुङ्गा उठाउने कार्य सडक आयोजनाको सरोकारको विषय नभएको भन्दै सडक आयोजना कार्यालय ठेकेदारको गुनासो सुन्ने पक्षमा देखिँदैन । चन्द्रागिरी नगरपालिकाले भने ढुङ्गा संकलन स्थलकै अभावका कारण सडकको काम रोकिएको हो भने त्यसमा सहयाग गर्न तयार रहेको जनाएको छ । नगरपालिकाकी उपप्रमुख लिसा नकर्मीले सडक खन्दा निस्किएको ढुङ्गा संकलन गर्ने ठाउँ तुरुन्तै उपलब्ध गराइने बतानुभयो ।  चन्द्रागरी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्णप्रसाद खड्गीले भन्नुभएको छ, ‘बहाना गरेर सडकको काम रोक्न पाइँदैन, खबर पाएको एक घण्टा भित्र ढुङ्गा थुपार्ने ठाउँ देखाइदिन्छौं ।’

यसैबीच बागमती प्रदेशका भौतिक पूर्र्वाधार विकास मन्त्री रामेश्वर फँुयालले सबै पक्षको साझा सहमति बनाएर नतीजामुखी काम गर्न सरोकारवालालाई आग्रह गर्नुभएको छ । ‘यो सडक संघमातहत रहेको भए पनि जनताको हितका निम्ति हामी सहजीकरण गर्न तयार छौं,’ उहाँले भन्नु भयो ।

२०१८ सालदेखि २०२३ सालसम्म ५ वर्ष लगातार श्रमदान गरेर चित्लाङका बासिन्दाले मोटर गुड्नेसम्म बनाएको चित्लाङ चन्द्रागिरी सडक २०७१ सालमा विस्तृत परियोजना प्रतिवेदन तयार गरी स्तरीकरण शुरु गरिएको थियो । डिपिआरमा रु. १ अर्ब १३ करोड ३६ लाख बजेट अनुमान गरिएकोमा हालसम्म यो सडकमा रु. ४५ करोड खर्च भएको सडक आयोजना कार्यालयका इन्जिनियर दीपक याकामीले जानकारी दिनुभयो ।

 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg