pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

गोपाली गाउँको ऐतिहासिक मछिन्द्रनाथ फल्चा पुनर्निर्माण पछि चिटिक्क

DSC02256-1731644921.JPG

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ गोपाली गाउँका ज्ञान बहादुर गोपाली गाउँका थकाली हुन् । ८० वर्षिया गोपाली गाउँ माझमा रहको मछिन्द्र पाटी (फल्चा) पुर्ननिर्माण भएपछि खुशी छन् । मछिन्द्र फल्चा गाउँका ज्येष्ठ नागरिकहरुको घाम ताप्ने र गफ गरेर बस्ने स्थायी थलो पनि हो । त्यसोत गोपालीहरु कार्तिके भजन पनि यहि फल्चामा गाउँछन् । आफू सानै हुँदा छ्वालीले छाएको फल्चा पछि ढुङ्गाले छाएको बताउँदै ज्ञान बहादुर भन्छन्–‘अहिले पुरै फल्चा पुर्ननिर्माण भएको छ, कति राम्रो काम ।’  
तत्कालीन शिखरकोट गाउँ पंचायत वडा नम्बर ३ का डाँडाघरे कार्कीहरुले उक्त फल्चामा छ्वालीको छानो छाएको ज्ञान बहादुरलाई अझै हेक्का छ । आफू जन्मदै मछिन्द्र पाटी खडा भैसकेको सुनाउँदै गोपाली भन्छन्–‘म त २००१ सालमा जन्मेको मलाई बाजेले सुनाउनु हुन्थ्यो, पाटी म जन्मुनु अघि नै बनिसक्या थियो ।’ आफू जन्मेपछि मछिन्द्रपाटी निकै बदलिएको ज्ञान बहादुरको भनाइ छ । ‘छुवालीले छाएको फल्चा गोपाली गाउँलेले घरलौरी एक एक भारी दाउरा दिएर छ्वालीको छनो उतारेर टायल लगाएका हौ ।’  वि.सं. २०१० सालमा हिटी साहिला ग्वाले राइटर बाजेले पाटीमै मछिन्द्रनाथको मन्दिर बनाउन लगाएको ज्ञान बहादुरले बताए । ग्वाले राइटर बाजे भनेर चिनिने शेर बहादुर गोपालीले ऋषेश्वर महादेव मन्दिरको गुम्बामा बस्ने बुद्धि राम साकाःभिक्षुको आदेश अनुसार मन्दिर बनाएका हुन् । साका भिक्षु र हिटी साहिलाको दाजुभाइ र राइटर बाजेको समेत सहयोगमा बनाइएको मन्दिर अहिले पुर्ननिर्माण गरिएको फल्चामा चिटिक्क पारेर राखिएको छ ।
ज्ञान बहादुरका अनुसार–हिटि साहिलाको घरमा भएको मछिन्द्रको मुर्तिलाई फल्चामा प्रतिस्थापन गरेका हुने । गाउँका सबैले विशेष पुजाआजा र रातभर जाग्राम बसी भोलिपल्ट रथारोहण सहित गाउँ परिक्रमा गराइ वि.सं. २०१० सालमा फल्चामा प्रतिस्थापन गरिएको ज्ञान बहादुरको भनाइ छ । 
वि.सं. २०७२ सालको भुकम्पले पाटी (फल्चा)मा क्षति पुर्याएपछी सामाजिक विकास मन्त्रालय बागमती प्रदेश अन्तर्गत पर्यटन विकासको योजनाको ८ लाखको बजेटबाट फल्चा पुर्ननिर्माण भएको हो । प्र्रदेश सांसद कुमारी मोक्तानको पहलकै कारण फल्चा पुर्ननिर्माण गर्न सफल भएको निर्माण समितिकी अध्यक्ष शकुन्तला गोपालीले बताइन् । फल्चा पुर्ननिर्माणका लागि प्रदेश सरकारको ८ लाख स्थानीयको जनश्रमदान एक लाख र थाहा नगरपालिका वडा नम्बर ३ बाट ५ लाख बजेट लगानी भएको अध्यक्ष गोपालीको भनाइ छ । अध्यक्ष गोपालीका अनुसार–‘प्रदेश सरकारले दिएको बजेटबाट पाटीको काम सकियो अब वडाको बजेटबाट पाटी अगाडिको चौताराको काम बाँकी छ, छिट्टै सो चौतारोको पनि पुनर्निर्माण हुन्छ।’

 

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...