Friday, 18 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

गैरीगाउँ लाई गढीगाउँको रुपमा चिनाउदै पालुङ जेसिज

FB_IMG_1684842444089-1684842474.jpg

थाहा नगरपालिका वडा न २ गैरीगाउँ माथिको आकासे  देवि डाडामा रहेको इतिहास र पुरातात्त्विक महत्व बोकेको गढी संरक्षणमा पालुङ जेसिजले चासो देखाएको छ।

परापूर्व कालमा पालुङ राज्यको दरबार संरक्षणका लागि उक्त डाँडामा गढी रहेको र नेपाल एकीकरणका क्रममा पृथ्बीनारायण शाहले पालुङ राज्यमाथि आक्रमण गरी उक्त पालुङ गढी र पालुङ दरवारलाई ध्वस्त बनाएको किम्बदन्ती रहेको छ ।
हाम्रो सम्पदा परिदृष्य र पुरातन संस्कृतिको प्रवर्द्धन भन्ने नाराका साथ थाहा नगरपालिका वडा न २ को आकाश देवि डाडामा रहेको गढी लाई संरक्षण तथा प्रवर्द्धन गर्न गढिमै जेठ ९ गते बिहान नगर उपप्रमुख र वडा जनप्रतिनिधि सहित स्थानीय संग अन्तर संबाद तथा स्थान परिचय कार्यक्रम गरेको हो।
थाहा नगर भित्र रहेको ऐतिहासिक तथा पुरातात्त्विक स्थानको पहिचान गरि तेसको संरक्षण गर्दै थाहा नगरको पर्यटन उद्योग लाई उकास्न सहयोग गर्ने र युवाहरू लाई आफ्नो स्थानमा अवस्थित लुकेर रहेका ऐतिहासिक स्थानको बारेमा जानकारी समेत दिन सकियोस भनेर कार्यक्रमको आयोजना गरिएको पालुङ जेसिज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीले बताए।
कार्यक्रममा थाहा नगरका उपप्रमुख भरत गोपालीले प्राचीन र पुरातात्विक महत्वका सम्पदाहरु दिनप्रतिदिन लोप हुँदै गएकोमा संरक्षणमा ध्यान दिन सबैसंग आग्रह गर्नुभएको थियो ।
थाहा नगरको ऐतिहासिक धरोहरलाई संरक्षण गर्नु स्थानीय तहको पहिलो दायित्व रहेको बताउनुभयो । थाहा लाई चिनाउन यहाँको पुरातात्विक सम्पदाहरुको संरक्षण जरुरी रहेको उहाँले बताउदै संरक्षणमा पालुङ जेसिजले देखाएको चासोप्रती आभार व्यक्त गरे।
कार्यक्रममा वडा अध्यक्ष बम बहादुर सिन्तान,वडा सदस्य युवराज बिष्ट,स्थानीय अगुवा गोविन्द कार्की ,पालुङ जेसिजका पुर्व अध्यक्ष सानोभाइ कार्कीले सम्पदा संरक्षणमा थाहा नगरको नेतृत्व हरु र स्थानीय दुवैले चासो लिनुपर्ने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा पालुङ जेसिजका पुर्व अध्यक्षहरु,२०२३ का कार्यसमिति पदाधिकारी लगायत स्थानीयको उपस्थिति रहेको थियो।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...