pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

गायक जेबी टुहुरेको निधन

jb-tuhure-1629964500.jpg

गायक जेबी टुहुरेको निधन भएको छ। केही दिनअघि राजधानीको बयोधा अस्पतालमा उपचारका लागि भर्ना भएका टुहुरेको बिहीबार साढे १२ बजे निधन भएको राष्ट्रिय नाचघरको पूर्वमहाप्रवन्धक राजेश थापाले जानकारी दिए ।

उनी ७८ वर्षका थिए। उनलाई मुटुसम्बन्धी समस्या, फोक्सो, मधुमेह  र उच्च रक्तचापको समस्या थियो। गत मंगलबार उनलाई मष्तिष्कघात भएको थियो।

उनको शव श्रद्धाञ्जलीका लागि बिहीबार दिउँसो १ देखि २ बजेसम्म पेरिसडाँडास्थित माओवादीको पार्टी कार्यालयमा राखिनेछ। त्यसपछि अन्तिम संस्कारको लागि उनको शव पशुपतिमा लगिनेछ।जनगायक टुहुरे वि।सं। २००१ कात्तिक १५ गते धरानमा जन्मिएका थिए।उनी पिता कृष्णबहादुर खड्गी, माता दानदेवी खड्गीका जेठो छोराको रूपमा जन्मिएका थिए।

जेबी टुहुरेको वास्तविक नाम जुटबहादुर खड्गी हो। जब २०२१ सालमा उनका पिताको निधन भयो, त्यसपछि उनले आफ्नो नामको पछाडि टुहुरे जोड्न थालेका हुन्।

उनी कम्युनिष्ट आन्दोलनलाई गीतको माध्यमद्वारा अगाडि बढाउने सर्जक भनेर चिनिन्छन्।पञ्चायतकालदेखि नै कम्युनिष्ट पार्टीमा लागेर उनले कैयन गीत गाए, बुढापाका र महिलाहरूलाई कम्युनिष्ट आन्दोलनमा आकर्षित गराए।

उनले गाएको ‘आमा दिदी बहिनी हो’ बोलको गीत उनको सबभन्दा लोकप्रिय गीत हो। यो गीतको साथमा नेकपा एमालेले पूर्वदेखि पश्चिमसम्म टुहुरेलाई आफ्ना चुनावी कार्यक्रममा लैजान्थ्यो।

एक समय टुहुरेकै कारण एमालेले चुनाव जित्यो भन्नेहरू पनि थिए। तर उनै टुहुरे जीवनको उत्तरार्द्धमा आइपुग्दा भने नेकपा एमालेमा रहेनन्। उनी २०७० सालमा माओवादीमा प्रवेश गरेका थिए।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...